उत्कृष्ट गीतहरुले गुन्जायमान बन्यो कविताको एकल साँझ

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">नेपाल मगर सांस्कृतिक संघ र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को संयुक्त आयोजनामा सोमबार सम्पन्न एकल साँझ कार्यक्रम गायिका तथा कलाकार कविता आलेको उत्कृष्ट गितहरुले गुन्जायमान बन्न सफल भएको छ। पछिल्लो समय चलचित्रको अभिनयमा व्यस्त रहेकी कविताले आफ्नो एकल साँझमा १४ वटा गीत सुनाइन् ।यो उनको पहिलो एकल साँझ हो। &nbsp;</p><p style="text-align: justify; ">नेपाल मगर कलकार कल्याणकारी कोषका लागी आयोजना गरीएको कार्यक्रममा कवितालाई कलाकारहरु गणेश रसिक, छत्रबहादुर गुरुङ, तारा थापा, शिला आले खनाले गायनमा साथ दिएका थिए । कार्यक्रममा उनले प्रत्यक्ष बाद्यबादनसहित गीत गाएकी थिईन्। कार्यक्रममा उनले सरमा सर, आइछयौ नि, माथिमा माथि, संक्रान्ति बजार, झ्याम्मै चौतारी जस्ता चर्चित गीत गाएकी थिईन् ।कविता साढे तीन दशदेखी गायन क्षेत्रमा सक्रिय रहेकी छिन्।&nbsp;</p><p style="text-align: justify; ">निर आलेमगरको प्रहसन, निर्मला मगरको नृत्य तथा नेपाल मगर सांस्कृतिक संघका कलाकारको स्वागत गानले कार्यक्रममा रौनकता जगाएको थियो । &nbsp;कार्यक्रममा सांस्कृतिक सस्थानका महाप्रबन्धक राजेश थापा, संस्कृति मन्त्रालयका संस्कृति महाशाखा प्रमुख भरतमणि सुवेदी र नेपाल मगर संघका अध्यक्ष कविराज मगरले कविताको गायन र व्यक्तिब्त्वबारे खुलेर चर्चा गरेका थिए । &nbsp;</p>