चैत, काठमाडौं । कार्टुनिष्ट क्लब अफ नेपालको अध्यक्षमा अविन श्रेष्ठ पुनः निर्विरोध निर्वाचित भएका छन् । आइतबार अग्रज कार्टुनिष्ट अशोकमान सिंह र मोहन श्याम मर्हजन ‘खोकना’ले क्लबको अधिवेशनको संयुक्तरुपमा उद्घाटन गरे । साथै उनीहरुले कार्यक्रममा नेपाली कार्टुनको विकासमा क्लबले योजनाबद्ध रुपमा काम गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य नारदमणि हार्तम्छालीले कार्टुनले समाज रुपान्तरणमा भूमिका खेल्ने भन्दै कार्टुनिष्टले समाजका लागि काम गर्नुपर्ने बताए । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नेपाली कार्टुनका क्षेत्रमा क्लबले सशक्त रुपमा काम गर्ने बताए ।

अधिवेशनले श्रेष्ठको नेतृत्व ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । क्लबको उपाध्यक्षमा वासु क्षितिज, महासचिवमा देवेन्द्र थुम्केली, सचिवमा योगेश खपाङ्गी, कोषाध्यक्षमा रविन्द्र मानन्धर र सदस्यहरुमा दिपक गौतम, कृष्णगोपाल श्रेष्ठ, भानु भट्टराई, उमेशचन्द्र अधिकारी, रवि मिश्र र आरके थापा रहेका छन् ।