मेलिनाको ‘अलग उपहार’ बजारमा

चैत, काठमाडौं ।

गायिका मेलिना राई र गायक रेवत राईको को एल्बम ‘अलग उपहार’ विमोचन गरीएको छ । अनामनगरस्थित मण्डला थियटरमा आयोजित एक कार्यक्रममा ८ गीत समावेश सो एल्बमलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाले बिमोचन गरे । एल्बममा ‘मेरो मनको मीत, आपाको छोरी, यो हाम्रो नाता, आजहामी, जिन्दगी गोरेटोमा, तिम्रो घरको, मेरो जिन्दगीमा र अलि कति’ बोलका गीतहरु छन् ।

मुकेश राई, ईश्वर चाम्लिङ्ग, हेमकुमार राई, किरण चाम्लिङ्ग राई, डिल्लिराम राई, नवराज राई, जगत नवोदित राई, विश्वकाजी राईका शब्द रहेको गीतहरुमा महेश खड्का, आभामुकारुङ्ग, शान्तिराम राई, रेवत राई, वशन्त सापकोटा र अर्जुन पोख्रेलको संगीत रहेको छ । कार्यक्रममा संगीतकार लक्ष्मण शेष, प्राज्ञ शान्तिराम राई, भिषण मुकारुङ्ग, इमिडिया हबका सीइयो ईश्वर चाम्लिङ्ग, डाक्टर कोयी, पारस मुकारुङ्ग, महेश खड्का , प्राज्ञ नारदमणि हार्ताम्छाली लगायतको उपस्थिती थियो ।