फ्रिबर्ग महोत्सवमा दर्जन नेपाली चलचित्र

चैत, काठमाडौं ।

स्वीट्जरल्याण्डमा शुक्रबार देखी ‘फ्रिबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ शुरु भएको छ । जसमा नेपालबाट पनि एक दर्जन बढी नेपाली चलचित्र प्रदर्शन हुने भएका छन् । न्यू टेरिटरी विधाअन्तर्गत नेपाली चलचित्र प्रदर्शन हुने चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले जानकारी दिए । महोत्सव अप्रिल ९ सम्म चल्नेछ ।

चलचित्र ‘कुमारी’, ‘सिन्दूर’, ‘बासुदेव’, ‘कागबेनी’, ‘नुमाफुङ’, ‘मुकुण्डो’, ‘सुनगाभा’, ‘लुट’, ‘सेर्दाक’, ‘कालोपोथी’, ‘हु वील वी ख गुर्खा’, ‘सुन्तली’, ‘हाइवे’, ‘व्हाइट सन’सहितका चलचित्र प्रदर्शन हुने बोर्डले जनाएको छ । ‘कुमारी’ नेपालको पहिलो रंगीन चलचित्र पनि हो । सर्ट फिल्मअन्तर्गत भने दध्या, झा लो, काफल पाक्यो, मलामी छोरा र भ्वाइसलेस नामक चलचित्र प्रदर्शन हुनेछ । नेपालमा छायांकन गरिएको विदेशी चलचित्रमध्ये हलिउडको एभरेष्ट, कोरियन चलचित्र हिमालय, जापानी चलचत्रि एभरेष्ट–समिट अफ द गड्स, एरियक भ्यालीको डकुमेन्ट्री हिमालयन गोल्ड रस पनि महोत्सवमा प्रदर्शन हुनेछन् ।

नेपाली निर्देशक सुवर्ण थापा महोत्सवको जुरीमा छन् । महोत्सव अन्तर्गत अप्रिल ५ मा नेपाली चलचित्रको विकास समन्त्री छलफलमा निर्देशक दीपक रौनियार, सुवर्ण थापा, सेनाङ्ग ग्याम्जो तामाङ र निर्माता रामकृष्ण पोखरेल लगायतले भाग लिनेछन् ।