चौथौ एकल साँझमा गुन्जिए रामकृष्ण ढकाल (फोटो फिचर)

गोपिकृष्ण चापागाई/ चैत, काठमाडौं ।

बरिष्ठ गायक रामकृष्ण ढकालले आफ्नो चौथौ एकल साँझ २०७३ सम्पन्न गरेका छन् । विन्ध्यवासिनी फाउण्डेसनको सहयोगार्थ विन्ध्यवासिनी म्युजिक कम्पनीले राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार साँझ २ घण्टा १५ मिनेट गरेको एकल साँझमा करिब १ हजार दर्शक मज्जैले मनोरञ्जन लिए । एकल साँझमा ढकालले २३ वटा आफ्ना चर्चित गीतहरु गाए ।

विन्ध्यवासिनी फाउन्डेसनले संगीत आश्रम निर्माणका लागि सहयोगार्थस्वरूप गायक ढकाललाई एकल साँझमा उतारेको हो । शुरुवातमा ढकालले ‘बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस् बोलको गीतबाट आफ्नो चौथो एकल साँझ शुरु गरे । उनले पहिलो र दोस्रो गरी दुई सत्रमा आफ्ना गीतहरू सुनाए । पहिलो सत्रमा उनले शम्भुजीत बासकोटाद्वारा संगीतबद्व दैव तेरो मायाको खेलले‘, मलाई मेरो जिन्दगीले कहाँ पु¥यायो‘, मन पराउने हजार भेटिन्छन्‘जस्ता गीत सुनाएर दर्शकको मन जिते ।

ढकालको अर्को चर्चित गीत भारतकी चर्चित पाश्र्वगायिका लता मंगेसकरसँग युगल स्वरमा रेकर्ड गरेको फूल भन्छ फुली रहुँ‘पनि उनले साँझमा सुनाएका थिए । उनलाई यो गीतको नारी स्वरमा प्रवेशिका अधिकारीले साथ दिइन् । दोस्रो सत्रमा गायक ढकाललाई अग्रज गायिका देविका बन्दना र नयाँ पुस्ताकी गायिका जुना प्रसाईले युगल गीतमा स्वरले साथ दिइन् । गायक ढकालका गीतहरूमा अग्रज संगीतज्ञ प्रेमध्वज प्रधान, राजेन्द्र थापा, दिनेश अधिकारीदेखि नयाँ पुस्ताका कलाकारसम्म रमेका थिए ।

साँझमा ढकालले आफ्नो दुई नयाँ गीतको भिडियो पनि प्रस्तुत गरे  'म हुरिमा दियो जलेको देख्छु' र 'जानेले त' बोलको दुई गीतको भिडियो देखाएका थिए । आवरण एल्बममा समावेश रहेका 'म हुरिमा दियो जलेको देख्छु' बोलको गीत भिडियो सार्वजनिक हुनुअगावै निकै चर्चित भइसकेको छ । गीतमा रमेश बि. जि. को शब्द, राजेश थापाको संगीत छ भने 'जानेले त' बोलको गित डा. आशा बहादुर तामाङको शब्द,  किरण कँडेलको संगीत रहेको छ ।

फाउण्डेसनले यसअघि गायक दाजुभाई सत्य–स्वरुपराज आचार्यको 'सत्य स्वरुप एकल साँझ' बाट उठेको १५ लाख रुपैंयाँ भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई प्रदान गरेको थियो। त्यस्तै ुदोस्रो विमल डाँगी एकल सा“झु गर्दै संकलित रकमबाट डोल्पा र स्याङजाका २र२ गरी ४ बालबालिकाको कक्षा १० सम्मको अध्ययनको व्यवस्था मिलाएको थियो।