१५ बर्ष पछि गायक रामकृष्ण ढकाल पुनः नायक बन्दै, कहिले आउँछ फिल्म ?

चैत, काठमाडौं ।

चर्चित गायक रामकृष्ण ढकालले आज भन्दा करिब १५ बर्ष अघि एक चलचित्रमा अभिनय गरेका थिए । अभिनय गरेको  ‘आशिर्वाद’ नामक चलचित्रमा उनको अभिनयलाई दर्शकले खुबै मन पराएका थिए । तर त्यसपश्चात रामकृष्णले अहिलेसम्म कुनै चलचत्रिमा अभिनय गरेका छैनन् ।

अब भने रामकृष्ण पुनः चलचित्रमा देखिने भएका छन् । पन्ध्र बर्ष अगाडि आँफुले गरेको चलचित्रको अभिनयलाई धेरै दर्शकले मन पराएको र पुनः दर्शककै माग अनुरुप आँफु चलचित्रमा अभिनय गर्न लागेको बताएका छन् । चलचित्रमा रामकृष्णले नायकको भुमिका निभाउँदै छन् । केहि महिना अघि देखी नै चलचित्रको स्क्रिप्टको काम भइरहेको र अब करिब स्क्रिप्ट लेखनको कार्य अन्तिम चरणमा पुगेको बुझिएको छ ।

गएको शुक्रबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञाभवनमा 'चौथो एकल साँझ' गरेका रामकृष्णकै अगाडि सम्पुर्ण दर्शकलाई अब छिट्टै नायकको भूमिका आउँने भन्ने जानकारी दिइएको थियो । एकल साँझमा उद्घोष गरीरहेका नरेश भट्टराईले रामकृष्णलाई अगाडि बोलाउँदै अब हाम्रा लोकप्रिय गायक नायक पनि बन्दै हुनुहुन्छ भन्दा रामकृष्ण मुसुमुसु हाँस्दै थिए । नरेशले अबको केहि महिनामै रामकृष्णलाई पर्दामा नायक भएको देख्न पाइने जानकारी दिएका थिए । चलचित्रको नाम भने खुलाइएन ।