असारमा आउँदै ‘म यस्तो गित गाउँछु’

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">चलचित्र 'प्रेमगीत'को सफलता संगै चलचित्रमा रहेको 'म यस्तो गीत गाउँछु' बोलको गितले पनि सर्वाधिक चर्चा पायो सिनेजगतमा। यसैकारण पनि 'प्रेमगित'का निर्देशक सुर्दशन थापाले गितको बोल नै नाम राखेर चलचित्र तयार पारिरहेका छन।चलचित्रको अहिले छायांकनको कार्य भइरहेको छ। चलचित्रको छायांकन कार्य नसकिँदै निर्माण पक्षले प्रर्दशनमिति भने तोकिसकेका छन्।&nbsp;</p><p style="text-align: justify; ">'प्रेमगीत' कि नायिका पुजा शर्मा तथा अहिलेका चर्चित मोडल तथा नायक पल शाहको मुख्य भुमिका रहेको चलचित्र 'म यस्तो गीत गाउँछु' असार ३० बाट आउने बताइएको छ। चलचित्रमा पल र पुजाका अलावा सरोज खनाल, रुपा राणा लगायत अन्य कलाकारहरुको अभिनय रहनेछ। &nbsp;चलचित्रमा अर्जुन पोखरेलको संगीत,संजय लामाको सिनेम्याटोग्राफी तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । सुदर्शन थापाको निर्माणमा बन्न लागेको यस चलचित्रमा नायिका पुजाको पनि सहनिर्माण रहेको छ।&nbsp;</p>