धुर्मुस सुन्तली लाई ‘एसोसिएसन अफ नेपली ईन मिनेसोटा’बाट २ करोड सहयोग

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">धुर्मुस सुन्तली फाउण्डेशनको निर्माणमा रहेको महोत्तरीको बर्दिवास स्थित एकिकृत नमुना मुसहर बस्तीको हस्तान्तरण गर्न अब १० दिन बाँकि रहेको छ। यसैविच फाउण्डेशनलाई &nbsp;अमेरिकाको मिनेसोटा राज्यमा रहेको नेपालीहरुको एक संस्थाले २ करोड १० लाख नगद सहयोग गरेको छ । भुकम्प &nbsp;पिडितहरुकालागि सहयोग प्रदान गदै आएको एसोसिएसन अफ नेपली ईन मिनेसोटाले धुर्मुस सुन्तलीको बस्ती निर्माणका लागि आर्थिक अभाव नहोस भन्दै उक्त सहयोग रकम प्रदान गरेको हो । &nbsp;</p><p style="text-align: justify; ">एसोसिएसनका बोर्ड मेम्वर अनिल रायमाझि र स्विटी सिंह श्रेष्ठले सहयोग हस्तान्तरणका लागि नेपाल आई &nbsp;बस्ती निर्माण स्थलमै पुगेर फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ लाई सहयोग हस्तान्तरण गरेका थिए। उनीहरुले धुर्मुस सुन्तलीको कामबाट प्रभावित हुदै आफुहरुले फाउण्डेशनलाई सहयोग गरेको बताएका छन् । साथै फाउण्डेशनलाई गरेको सहयोग &nbsp;दुरुपयोग नहुनेमा विश्वस्त रहेको पनि &nbsp;एसोसिएसनका बोर्ड मेम्बर अनिल रायमाझिले बताएका छन्। &nbsp;</p>