निर्देशक आकाशको उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा चलचित्र निर्देशक तथा निर्माता आकाश अधिकारीले उमेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षका उमेदवार शेखर गोल्छाको समूहबाट अधिकारी वस्तुगततर्फबाट उमेदवारी दर्ता गराएका हुन् ।</p><p style="text-align: justify; ">निर्देशक अधिकारीले बक्स अफिसलगायत अन्य चलचित्र सुधारको काम आफ्नै पहलमा सुरु भएको बताए । नेपाली चलचित्र क्षेत्रमा २५ वर्ष बिताइसकेका अधिकारीले वार्षिक १ अर्ब रुपैयाँ भन्दा बढी लगानीमा चलचित्र निर्माण हुँदा पनि यसलाई सरकारले उद्योगको रुपमा नलिएको बताउँदै यसको पहल गर्ने बताए । उनले समग्र चलचित्र क्षेत्रको सुधार र विकासका लागि महासंघबाट आवाज उठाउने प्रतिवद्धता व्यक्त गरे ।</p><p style="text-align: justify; ">निर्देशन अधिकारीले १ दर्जन बढी चलचित्र निर्देशन गरिसकेका छन् भने उनका सबैजसो चलचित्रले राम्रो ब्यापार गरेका छन् । उनले निर्देशन गरेको कोहिनुर नामक चलचित्रले निकै राम्रो व्यापार गरेको थियो ।&nbsp;</p>