डेढ लाखको जुत्ता र झण्डै आधालाखको चश्मा लगाउँछन् राजेन्द्र खड्गी

गोपिकृष्ण चापागाईं/ चैत, काठमाडौं ।

आज भन्दा ३५ बर्ष अगाडि गोपाल भुटानीको सहायक भएर नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले अहिलेसम्म पाँचसय भन्दा बढी चलचित्रमा द्वन्द्व निर्देशन गरीसकेका छन् । आफुले बिश्वमै अहिले सम्मकै सबैभन्दा धेरै द्वन्द्व निर्देशन गरेको भन्दै गिनिज बुक अफ वल्र्डमा नाम लेखाउन कस्सिएको उनले बताएका छन् । साथै उनले काम गरेको प्रमाण स्वरुप धेरै कागजपत्र तयार पार्न पर्ने भएकाले अहिले त्यही काम गरिरहेको बताएका छन् ।

यिनै राजेन्द्र खड्गीको सोख पनि अनौठो नै छ । बिशेष गरी पोशाकमा बिशेष ध्यान दिने राजेन्द्रले आफुलाई अन्य कपडा भन्दा जुत्ता र चस्मा चाँही बिशेष लाग्ने र महंगो लगाउने बताएका छन् । राजेन्द्रले आफ्नो चलचित्रक्षेत्रका केहि कुरा र पोशाक सौखबारे यस्तो बताउँछन् ।

शरिर मेन्टन गर्छु

म शरिर मेन्टन गरीरहेको हुन्छु । खानपिनमा पनि बिशेष ध्यान दिने गरेको छु । मलाई अहिलेपनि कतिपय फ्यान बहिनीहरुले भन्ने गर्छुहुन्छ— ’दाई हजुरलाई हामी सानो हुँदा पनि यस्तै देखेको अहिले पनि यस्तो हुनुहुन्छ ।’, मैले मेन्टन भनेर धेरै नै लागी त पर्दिन तर पनि खानामा ध्यान दिन्छु, ब्यायाम गर्छु त्यहि हो ।

जुत्ता र चस्माको सौखिन

मलाई खानपिन भन्दा पनि लगाउने कुरामा बढी चासो लाग्छ । लगाउने कुराहरुमा पनि बढी जुत्ता र चस्मामा चाँही धेरै सौखिन छु । जतिसुकै परोस जुत्ता र चस्मा ब्राण्डेड नै लगाउन मन पर्छ । अहिलेसम्म को कुरा गर्दा चस्माको कुरा गर्दा अहिलेसम्मको धेरै भनेको ३० हजारसम्म लगाएको छु र यो अहिले लगाएको (तस्बिरमा देखाइएको) चाँही १८ हजारको हो । मैले सधैं किन्ने गरेको पसल छ काठमाडौं मै किनेको हु । जुत्ताको कुरा गर्दा चाँही अहिलेसम्म त्यहि डेढ लाखसम्मको जुत्ता लगाएको छु । धेरैजसो बाहिर देश तिर जाँदा जुत्ता किनकै हुन्छु ।

राजा महेन्द्रबाट प्रेरित

मैले चस्मा लगाउने कुरालाई धेरै नै सोध्ने गर्नुहुन्छ । तपाईले किन चस्मा कहिल्यै छोड्नु हुन्न भन्ने कुरा प्राय जसको पनि प्रश्न हुने गर्छ । म चस्मा लगाउनमा राजा महेन्द्रबाट प्रेरित भएको हुँ । र अर्को कुरा लुक्स पनि राम्रो देखिन्छ त्यसकारण पनि लगाउने गछु । फेरी अहिले त अलिक उमेर पनि ढल्किदै गयो कान माथिको धर्सा पनि छेक्नका लागी लगाउने गर्छु ।

खैनीको लत छ

मलाई खानेकुरामा त खासै त्यस्तो लाग्दैन तर लगाउने कुराहरुमा सौखिन नै हुँ र अल्कोहल खादिन । अर्कोकुरा भनेको मलाई खैनि खाने चाँही लत नै बसेको छ । खैनी सधैं खाएकै हुन्छु यसलाई छुटाउनै सक्दिन ।

राजेन्द्र खड्गीसँग गरीएको भिडियो कुराकानी हृर्नुहोस् ।