४२औं जन्मदिन मनाउँदै माग्ने बुढा

...

<pre><b>चैत काठमाडौं।&nbsp;</b></pre><p>नेपाली कलाकारिता क्षेत्रमा हाँस्य &nbsp;टेलिसिरियल &nbsp;मेरीबास्सैबाट माग्नेबुढाको रुपमा चिनिएका केदार घिमिरेले आज आफ्नो ४२औ जन्मदिन मनाउँदै छन् । मकवानपुरमा जन्मेका केदारले सन्तोष पन्त निर्देशित ‘हिजो आजको कुरा’बाट अभिनय &nbsp;सुरु गरेका थिए। चलचित्र 'छ एकान छ' &nbsp;तथा 'छक्का पंजा'मा अभिनय गरेका उनी 'छक्का पंजा'को सहायक निर्माता पनि हुन्।अभिनयका साथै उनले केही व्यंगात्मक गितहरु पनि गाएका छन्। <br>मेरीबास्सैमा सिताराम कट्टेल धुर्मुसको जोडी बनेर चर्चामा आएका केदार पछिल्लो एकबर्ष यता भने कलाकारिताबाट टाढा छन् । उनको स्वास्थ्यस्थितीका कारण उनले कलाकारितालाई समय दिन नसकेका हुन् &nbsp;।<br>उनको स्वास्थ्य स्थितीको सिघ्र स्वास्थ्य लाभसँगै जन्मदिनको शुभकामना दिनेहरु उनका दर्शक तथा कलाकार साथीहरु धेरै छन् । यसका साथै उनलाई सामाजिक सञ्जालमा पनि धेरैले शुभकामना दिएका छन् ।</p>