जीवन नै कला होः हाँस्य कलाकार जेपिटि काफ्ले

...

comedian jpt kafle

साउन, काठमाडौं । हाँस्य व्यंग्य क्षेत्रमा उदाउँदै गरेका हाँस्य कलाकार जेपिटि काफ्ले (अशोक) एक प्रतिभाशाली कलाकार हुन् । सिन्धुली घर भएका अशोक पछिल्लो समय हाँस्य व्यंग्य क्षेत्रमा व्यस्त रहेका छन् । भर्खरै मात्र प्लस टुको परिक्षा दिएर बसेका अशोकले चलचित्र ६ एकान ६ को गितमा पनि साईड रोल गरीसकेका छन् । त्यस्तै उनले पछिल्लो दुई बर्षको अन्तरमा करिब २० वटा स्टेज कार्यक्रमहरुमा पनि आफ्नो प्रस्तुती देखाईसकेका छन् । बिभिन्न नेताहरुको क्यारिकेचर तथा हाँस्य अभिनय गर्न सक्ने अशोक सँग आर्टिस्ट खबरले गरेको कुराकानीः

१. कला क्षेत्रमा तपाईंको उपस्थिति कहिले बाट हो ?
म यो क्षेत्रमा २ बर्ष अगाडि देखि निरन्तर लागिरहेको छु ।

२.भर्खरै १२ को परिक्षा दिनुभएको रहेछ । यस क्षेत्र तिर लाग्ने सोच पहिलो देखि थियो कि पछि सोच्नु भाको ?
मेरो सानै देखि हाँस्य व्यंग्य क्षेत्र रुचिको क्षेत्र थियो । धेरै अग्रहहरुको हाँस्य व्यंग्यलाई फ्लो गर्दथें । एकदिन म पनि यस्तै बन्छु भन्ने लाग्थ्यो । उहाँहरुको प्रस्तुती टेलिभिजन मा कहिल्यै छुटाउँदिन थें । अहिले यहि क्षेत्रमा संर्घष गर्दैछु । जीवन नै कला हो जस्तो लाग्छ त्यसैले यो क्षेत्रलाई अंगालेको छु ।jpt..

३. तपाई कुन कुन कलाकार र नेता को क्यारिकेचर गर्न सक्नुहुन्छ ?
मलाई खासै धेरै त आउदैन तैपनि म कोसिस गर्दै छु मलाई मुस्कान पसा ,खड्का जि,भद्रगोल का कलाकार अर्जुन घिमिरे (पाडे) को ,के पि ओलि, प्रचण्ड ,माधव नेपाल ,बाम्देव गौतम को आवाज निकालछु ।
४. तपाई ले २ बर्ष को विचमा के के गर्नु भयो त ?
यस बिचमा मैले धेरै स्टेज प्रोग्राम मा धेरै कलाकार र नेता को नक्कल गरे को छु र आब आफ्नै न्यू चिनारी बनाउदै छु ।
५. तपाईं ले कुन नेता को स्टेज प्रोग्राम मा बडि नक्कल गर्नु भाको छ ?
स्टेज प्रोग्राम मा मैले केपि ओलि को नक्कल गर्छु किन कि मेरो हाईट र शरीर के पि ओलि सङ मिल्छ तै भएको ले म बडि के पि ओलि को गर्छु अनि आरु को चै आउट पोसाक मा गर्छु ।