‘हिटलर’को पहिलो रोमान्टिक गीत सार्वजनिक

...

<pre><b>चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">चलचित्र ‘हिटलर’को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । आउँदो जेठ १२ प्रदर्शन हुने यो चलचित्रको सार्वजनिक &nbsp;‘खुशीहरु बढ्दै जान्छ’ बोलको गीतको भिडियो उत्कृष्ट बनेको देख्न सकिन्छ । भिडियोमा नेपालका बिभिन्न ठाउँहरुका मनोरम दृश्यहरु देखाइएको छ । भिडियोमा चलचित्रका मुख्य कलाकार सोहित मानन्धर र समिया बर्तौलालाई फिचरिङ गरिएको छ ।&nbsp;</p><p style="text-align: justify; ">चलचित्रमा मेनुका प्रधान, ए गुरुङ, दिवस धिताल लगायतका कलाकारको पनि अभिनय छ । सनुप पौडेल र आकांक्षा बस्यालाको स्वर रहेको गीतमा नरेश भट्टराइको शब्द, लोचन घिमिरेको संगीत छ । चलचित्रमा पटकथा तथा निर्देशक सौरभ ढकालको छ । किचमान चित्रकारको कथा रहेको चलचित्रमा मित्र डी गुरुङको सम्पादन, अरुणराज पौडेलको छायांकन, सूर्य थोकर लामाको एक्सन, कृष्ण के अच्छामीको कोरियोग्राफी छ ।</p><p style="text-align: justify; ">चिनिमाया मानन्धर निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता वुद्ध रत्न मानन्धर, त्रिरत्न मानन्धर, रामविर मानन्धर र मनिराम मानन्धर हुन् । कमेडी तथा लभस्टोरी बिषयमा बनेको यो चलचित्रको ट्रेलर भन्दा गीत अगाडि सार्वजनिक गरिएको हो ।</p><pre style="text-align: justify; ">Song
<iframe frameborder="0" src="//www.youtube.com/embed/e5Hxvo7wV24" width="640" height="360" class="note-video-clip"></iframe><br></pre>