बल्छि धुर्बे, राजुमास्टर र सिर्जु एक महिनाका लागी युरोप टुरमा

चैत, काठमाडौं ।

हाँस्य टेलिसिरियल 'मेरी बास्सै'का चर्चित दुई कलाकार युरोप टुरमा निस्किएका छन् । हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र राजु पौडेल (राजु मास्टर) यहि अप्रिल १४ देखी २९ सम्म युरोपका बिभिन्न देशमा हुने बिभिन्न सांस्कृतिक कार्यक्रमका लागी मंगलबार साँझ नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट नर्बेको यात्रा शुरु गरेका हुन्  । उनीहरुसँगै लोक तथा दोहोरी गायिका तथा मोडल सिर्जु अधिकारी पनि सँगै छिन् ।

अप्रिल १४ र १७ मा बेल्जियम, २१ मा स्विजरल्याण्ड र पुनः पोर्चुगल हुँदै अन्तिम कार्यक्रमका लागी २९ मा एन.आर.एन.ले नर्बेमा गर्ने कार्यक्रममा फर्कने कलाकार मरिचमानले आर्टिस्ट खबरलाई जानकारी दिए । यो भन्दा अघि अन्य धेरै देशमा प्रस्तुती दिएका यी कलाकार युरोपका यी देशहरुमा भने पहिलो पटक प्रस्तुती दिँदैछन् । युरोपमा यो जोडीले मेरीबास्सैको केहि भागका लागी सुटिङ पनि गर्ने बताएका छन् ।

देश भित्र तथा बाहिर हुने कार्यक्रमहरुमा यो जोडी प्राय सँगै हिड्ने गर्दछ । उनीहरुका बिभिन्न समसामाहिक कुराहरुलाई ब्यांग्यात्मक शैलीमा प्रस्तुती रहने गर्दछन् । त्यस्तै युरोप टुरमा यी दुई हाँस्य कलाकारसँगै गायिक तथा मोडल सिर्जु अधिकारीले पनि आफ्नो सांगितीक प्रस्तुती दिनेछिन् । सिर्जुको लोकगीत 'फिगर कोकाकोला', 'मायामा हाल उजुरी', 'ओके छत' लगायतका गीतहरु चर्चित छन् ।

Video: