गितको छायांकन हुँदाहुँदै रेलको ठक्करबाट नेपाली मोडलको मृत्यु

...

साउन, काठमाडौं ।  केहि दिन अघि मात्रै भारतको नयाँदिल्ली गएर आठ गितको छायांकन गरीरहेको छायांकन युनिट शोकमा परेको छ । छायांकन भईरहेको समयमा तस्बिर लिने क्रममा मोडल सविना बिक रेलको हावाले लडेको र दुर्घटनामा पर्नुका साथै घटनास्थलमै मृत्यु भएको अक्सिजन मिडिया प्रालिका प्रबन्ध निर्देशक वीरेन्द्र वलीले बताएका छन् ।

model sabina bk
सविना भारतमै बस्थिन् । अहिले कलाकारको टोलीलाई भारतमा सुटिङको संयोज पनि विकले नै गरेकी थिइन् । नेपाली चलचित्र ‘टाइम नेभर कम ब्याक’ मा पनि सहनायिका रहेकी विकको निधनले सुटिङमा रहेको टोली स्तब्ध भएको छ । प्रबन्ध निर्देशक ओलीले भने, ‘आठवटा मध्ये पाँच वटा गीतको त सुटिङ पनि सकिइसकेको थियो ।’

समावेश ८ वटा गितमा प्रमोद खरेल, सागर थापा, केसु पुन, सागर अबिरल जि सी, बलबरि चलाउने, हिरा अन्जलीको स्वर रहेको छ । नबिन पन्त को निर्देशन मुकेश हुमागाइको छायांकन उर्मिला राइको श्रृगार अनि अर्जुन श्रेष्ठ, सबिना बिक र नबिन पन्तले अभिनय गर्दै थिए ।

model sabina bk
गित हरुमा संगित शब्द हरुमा प्रेम प्रकाश, मायालु डा. गोबिन्द आर्चाय, सागर अबिरल जिसी, खेमराज गाउले, प्रशाद लामेछाने, बिरेन्द्र ओली, खिम बिवस ओली, दिप दर्पन र थुप्रै गित संगितकारहरु ले सहयोग गर्नु भएको छ । यसको साथमा नया फिल्मको को पनि तयारी दिल्लीमा हुदै थियो ।

nepali artist shooting