संजय विरुद्धको वारेन्ट रद्द

...

<pre><b>बैशाख, काठमाडौं।</b></pre><p style="text-align: justify; ">&nbsp;बलिउड एक्टर संजय दत्त माथि हालै मुम्बईको अन्धेरी मेट्रोपोलिटन मजिस्ट्रेड कोर्टले जारी गरेको गैरजमानती वारेन्ट रद्द भएको छ। सोमबार भएको पेशीका क्रममा कोर्टले उनका विरुद्ध जारी गरिएको वारेन्ट रद्द गरेको मिडियाले जनाएको छ। पेशीका क्रममा सन्जय झन्डै ११ मिनेटसम्म कोर्टमा रहेका थिए । फिल्म निर्माता शकील नूरानीले संजय विरुद्द ज्यान मार्ने धम्की दिएको भन्दै आरोप लगाएका थिए। उनले संजयले फिल्म जानका बाजीका लागि साईन गरेर बिचमै छोडेको कारण आफुलाई नोक्सान भएको बताउँदै आएका थिए। यसैमामिलामा बम्बै हाइकोर्टले पनि सन्जयको घर जफत गर्ने सूचना पठाएको थियो । नूरानीले सन्जयको अन्डरवल्र्डसँग सम्बन्ध रहेको बताउँदै आएका छन् भने यता संजयले पनि कोर्टमा नूरानीको &nbsp;नूरानीको चलचित्र अन्डरवल्र्डको धम्कीका कारण छाडेको बताएका छन्। एजेन्सी</p>