<pre><b>बैशाख, काठमाडौं।</b></pre><p style="text-align: justify; ">विगत केही समयदेखि घाँटीको समस्याका कारण विरामी परेका कलाकार दीपक क्षेत्रीको उपचारका लागि यतिवेला देश तथा विदेश बाट आर्थिक सहयोग संकलन भइरहेको छ। चलचित्र पत्रकार संघले क्षेत्रीको उपचारका लागि थालेको आर्थिक सहयोगको अभियान पछि सोमबार सम्म उनको उपचारका लागि १० लाख भन्दा बढी रकम जुटेको बताइएको छ। र उनको उपचार भईरहेको छ। </p><p style="text-align: justify; ">यसैविच चलचित्र 'राज्जा रानी'को टिमले २ लाख ११ हजार सहयोग गरेको छ। चलचित्रका निर्माता एम के पौडेल, निर्देशक यम थापा, नायिका केकी अधिकारी, कलाकार नाजिर हुसेनले सो रकम उनकै डेरामा पुगेर हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरण गर्दै चलचित्रको टिमले क्षेत्रीको स्वास्थ्य लाभको कामना गरेका छन्। साथै चलचित्र क्षेत्र उनको वास्तविक आवाजको पर्खाइमा रहेको बताएका छन्। </p>