एलजी सिने अवार्डका लागी चलचित्रको नामदर्ता आह्वान

बैशाख, काठमाडौं ।

गत बर्षबाट आयोजना सुरु भएको एलजी सिने अवार्डले यसबर्ष पनि निरन्तरा पाउने भएको छ । दिनेश डिसी संयोजक रहेको सिनेमा सर्कल नेपालकोआयोजनामा हुने अवार्डका लागि निस्शुल्क चलचित्रको नाम दर्ता गर्न आह्वान गरिएको छ । आयोजक संस्था सिनेमा सर्कलले जारी गरेको विज्ञप्तीमा बैशाख १६ गतेभित्र २०७३ मा प्रदर्शनमा आएका चलचित्रहरुको नाम दर्ता गर्न उल्लेख गरिएको छ ।

जारी विज्ञप्तीमा अवार्ड हुने मिति भने सार्वजनिक गरिएको छैन । २३ विधामा वितरण गरिँदैआएको ुएलजी फिल्म अवार्डु मा पर्दा पछाडीका प्राविधिक, पोष्टर डिजाइनर, स्टन्ट म्यान, ट्रेलर सम्पादक देखी छायांकन स्थलमा खाना पकाउनेसम्मलाई सम्मान र अवार्ड प्रदान गरिँदै आएको छ ।आयोजक संस्था सिनेमा सर्कलले अनलाइनमार्फत निस्शुल्क चलचित्रको नाम दर्ता गर्ने व्यवस्था पनि मिलाएको छ ।

गएको बर्ष काठमाडौंको आर्मी अफिसर क्लबमा बलीउड अभिनेता शत्रुघन सिन्हा, हलिऊड निर्देशक डिगर मेश, जापानी निर्देशक मितुवयासी,ऊद्योगपति विनोद चौधरी लगायत बिशिष्ट ब्यक्तिहरुको विशेष आतिथेता र उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा ‘एलजी फिल्म अवार्ड २०७३’ सम्पन्न भएको थियो ।