‘छक्का पंजा २’ को लोकेशन फाइनल,हुनेछैनन् यि दुई व्यक्ति

बैशाख, काठमाडौं।

दिपाश्री निरौलाको निर्देशनमा बन्न लागेको चलचित्र 'छक्का पंजा २'ले छायांकनका लागि हालै दुइ लोकेशन फाईनल गरेको छ।  चलचित्रका लागि काठमाडौं र मकवानपूरको चित्लाङ फाईनल भएको जानकारी दिँदै निर्माण पक्षले अन्य लोकेशनको छनौट हुँदै गरेको जनाएका छन्। वैसाखको दोस्रो साता देखि फ्लोर मा जाने चलचित्रको ६० प्रतिशत छायाँकन काठमाडौंमा हुने र बाँकी सुटिंग काठमाडौं बाहिर हुने बताइएको छ।

अहिले सम्म चलचित्रको लागि हरिवंश आचार्य र आस्था राउतको आवाज रहेको ‘झ्याम्म, झ्याम्म’ बोलको प्रमोशनल गीत फाईनल भएको छ्। भने अन्य गीतको खोजी भइरहेको छ।

नदोहोरिने  राजनराज र पुरुषोतम

चलचित्रमा छक्का पंजाका सबै टीम रहने भनिएपनि अब दुई व्यक्ति भने नहुने भएका छन्।  निर्माता तथा अभिनेता दीपकराज गिरीले 'छक्का पंजा २'मा सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधान र संगीतकार राजनराज सिवाकोटी नदोहोरिने बताएका छन्। पुरुषोत्तम प्रधान अर्को चलचित्रमा व्यस्त भएका कारण चलचित्रमा नहुने भएका छन्। यस अघि ‘सुर्के थैली’ र ‘पुर्व पश्चिम रेल’ जस्ता सर्वाधिक चर्चित गीतमा संगीत दिएका राजनराजको गीत पनि यस चलचित्रमा नहुने भएको छ। अब चलचित्रमा किरण कंडेलको संगीत रहने भएको छ ।

दिपकराज, प्रियंका कार्की, बर्षा राउत, जितु नेपाल, निश्चल बस्नेत, स्वस्तिमा खड्का, ज्योत्सना योगी लगायत कलाकारहरुको अभिनय रहने यस चलचित्र असोज ११ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ।