‘छक्का पन्जा २’ बाट निर्मल र धुर्मुस बाहिरीए

बैशाख, काठमाडौं ।

चलचित्र ‘छक्का पन्जा २’ मा अब कलाकार तथा निर्माता निर्मल शर्मा र सिताराम कट्टेल बाहिरिएका छन् । बिगत १५ बर्षदेखी दिपकराज गिरी र दीपाश्री निरौलासँग निर्मल शर्माले सहकार्य गर्दै आएका थिए । यो भन्दा अघि एउटै कम्पनीका साझेदार बनेर उनीहरुले ‘६ एकान ६’, ‘वडा नम्बर ६’ र ‘छक्का पन्जा’ बनाए । त्यस्तै यो भन्दा अघिका चलचित्रमा सितारामपनि निर्माता र कलाकारको रुपमा अगाडि आएका थिए । तर यसपटक भने सिताराम ‘छक्का पन्जा २’ सँग जोडिने छैनन् ।

त्यस्तै चलचित्रमा छक्का पञ्जाका सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधान र संगीतकार राजनराज सिवाकोटीपनि नदोहोरिने भएका छन् । पुरुषोत्तम प्रधान अर्को चलचित्रमा व्यस्त रहेकोले उनी यस चलचित्रमा नदोहोरिने बताइएको हो । यस अघि ‘सुर्के थैली’ र ‘पुर्व पश्चिम रेल’ जस्ता सर्वा्धिक चर्चित गीतमा संगीत दिएका राजनराजको गीत पनि यस चलचित्रमा नहुने भएको छ । अब चलचित्रमा किरण कंडेलको संगीत रहने छ । दिपकराज, प्रियंका कार्की, बर्षा राउत, जितु नेपाल, निश्चल बस्नेत, स्वस्तिमा खड्का, ज्योत्सना योगी लगायत कलाकारहरुको अभिनय रहने यस चलचित्र असोज ११ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ ।

साथै चलचित्र ‘छक्का पंजा २’ को लागी दुई छायांकनस्थल पनि फाईनलग रिएको छ । चलचित्रका लागि काठमाडौं र मकवानपूरको चित्लाङ फाईनल भएको जानकारी दिँदै निर्माण पक्षले अन्य लोकेशनको छनौट हुँदै गरेको जनाएका छन् । बैशाखको दोस्रो साता देखि फ्लोरमा जाने चलचित्रको ६० प्रतिशत छायाँकन काठमाडौंमा हुने र बाँकी छायांकन काठमाडौं बाहिर हुने बताइएको छ ।

अहिले सम्म चलचित्रको लागि हरिवंश आचार्य र आस्था राउतको आवाज रहेको ‘झ्याम्म, झ्याम्म’ बोलको प्रमोशनल गीत फाईनल भएको छ् । भने अन्य गीतको खोजी भइरहेको छ ।