१६ वर्ष पछि अवार्ड कार्यक्रममा देखिए आमिर खान

...

<pre><b>बैशाख,काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">बलिउड स्टार आमिर खानले फिल्म 'दंगल' मार्फत अवार्ड प्राप्त गरेका छन्। उनले अवार्ड पाउनु त कुनै ठुलो कुरा होइन तर १६ वर्ष देखि उनले अवार्ड वेवास्ता गर्दै आएका थिए। हालै भने मास्टर दीनानाथ मंगेशकर अवार्डको ७५औं संस्करणमा आमिर पुगेका छन्। कार्यक्रममा उनलाई फिल्म दंगाल बाट सम्मान गरिएको छ। उनी यस अघि फिल्म 'लगान'को तर्फबाट ओस्कर अवार्ड कार्यक्रममा सम्मिलित भएका थिए। त्यसपछि उनी कुनै अवार्ड कार्यक्रममा देखिएका थिएनन्।&nbsp;</p><p style="text-align: justify; ">&nbsp;भारतीय मिडियाका अनुसार यसपटक भने &nbsp;लता मंगेशकरको आग्रहमा उनी अवार्ड कार्यक्रममा आएका हुन्। कार्यक्रममा लागि लताले आमिरलाई विशेष निमन्त्रणा दिएकी थिईन्। जसका कारण आमिर लता को परिवार द्वारा संचालित दीनानाथ मंगेशकर पुरस्कारमा फिल्म दंगल को तर्फबाट अवार्ड लिन पुगेका हुन्। एजेन्सी</p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/162bbcf206336d9fc7d6808ae22131441493115257.jpg" style="width: 960px;"><br></p>