‘मिसेस टप अफ द वल्र्ड २०१७’ मा सराडाको प्रतिनिधित्व

...

<pre><b>बैशाख, काठमाडौं</b></pre><p style="text-align: justify; ">अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस टप अफ द वल्र्ड २०१७’का लागि नेपालको तर्फबाट सराडा परियारले प्रतिनिधित्व गर्ने भएकी छिन्। &nbsp;गर्दै सराडा परियार मा जाने भएकी छन् ।बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगिताको लागि नेपालका लागि आधिकारीक संस्था इप्लनेट र ग्रिन आर्ट मिडियाले &nbsp;सहित प्रतियोगी सार्वजनिक गरेको हो ।</p><p style="text-align: justify; ">कार्यक्रममा ‘मिसेस टप अफ द वल्र्ड २०१६’की सहभागी रजनी थापाले सराडालाई ताज पहिराउँदै ‘मिसेस टप अफ द वल्र्ड २०१७’का लागि बाटो खुल्ला गरेकी छिन्। राजधानीमा आयोजित प्रारम्भिक चरणको छनौटमा तीन दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै परियार छानिएकी हुन्। कोरियोग्राफर अनिला श्रेष्ठ, ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौल, मेकअप आर्टिस रस्मी श्रेष्ठ, फेसन डिजाइनर प्रज्वल श्रेष्ठ लगायत निर्णायक मण्डलले उनलाई प्रतियोगिताका लागि छनौट गरेको हो ।</p><p style="text-align: justify; ">पर्यटन विकासको नाराका साथ आयोजना हुँदै आएको ‘मिसेस टप अफ द वल्र्ड’मा नेपालका पर्यटकिय स्थल र कलासंस्कृतिका बिषयमा बिशेष आफुले प्रस्तुति दिने परियारले बताएकी छिन्।&nbsp;</p>