रिलिज हुदासाथ ‘बाहुबली २’ ले तोड्यो यी ५ रेकर्ड

बैशाख, काठमाडौं ।

यतिखेर बलिउडकै बहुचर्चित चलचित्र 'बाहुबली २' को चर्चा खुबै छ । रिलिज अगावै बाट चर्चामा रहेको यो चलचित्र शुक्रबार बाट रिलिजमा आएको छ । यतिखेर नेपाल लगायत संसारका अधिकांश देशका अधिकांश चलचित्रहलहरु हाउसफुल छन् । नेपालकै कुरा गर्दा पनि शुक्रबारबाट राजधानीकाहलहरुमा नेपाली चलचित्र प्रदर्शन भएका छैनन् । साथै दर्शकहरु 'बाहुबली २' को टिकट लिनकै लागी घण्टौं लाइनसमेत बसेका छन् । साथै क्यु.एफ.एक्स. मुभिजको कुरागर्दा दुईदिन अघि देखी टिकट बुकिंग छन् ।

यसका साथै शुक्रबार बाट रिलिजमा आएसँगै 'बाहुबली २' ले ५ रेकर्ड तोडिसकेको छ । कुन-कुन र के-केमा रेकर्ड तोड्यो त जानौं:

१. नौं हजार स्क्रिन

'बाहुबली २' ले अहिलेसम्मकै बलिउडमा हुन नसकेको रिलिज हलसंख्याको रेकर्ड तोडेको छ । यतिखेर यो चलचित्र ९ हजार स्क्रिनमा चलिरहेको छ । यो बलिउड चलचित्रमै पहिलो पटक हो ।

२. महंगो टिकट

'बाहुबली २' ले अहिलेसम्म कै महंगो टिकट बिक्री गरेको छ । अहिले यो फिल्म हेर्नका लागी एकवटा टिकटलाई २४ शय रुपैयासम्म हालेका छन् । बलिउडमा चलचित्रको टिकटको मुल्य यति महंगो पहिलो पटक हो ।

३. एडभान्स बुकिंग

'बाहुबली २' ले एडभान्स बुकिंगमा पनि रेकर्ड तोडेको छ । चलचित्रले रिलिज अगावै १३० करोड कमाई सकेको थियो । यो चलचित्र हिन्दी, तेलुगु र तमिल भाषामा पनि रिलिज भएको छ ।

४. दशलाख टिकट

'बाहुबली २' ले सबैभन्दा धेरै एडभान्स टिकट बिक्री गर्न सफल भएको छ । चलचित्रको रिलिज अगावै १० लाख टिकट बिक्री भइसकेको थियो । यो चलचित्रले यसअघिको चलचित्र दंगलको रेकर्ड तोडेको हो ।

५. अमेरिकामा ८ शय स्क्रिन

'बाहुबली २' भारतको पहिलो चलचित्र हो जुन अमेरिकाको ८ शय स्क्रिनमा रिलिज भइरहेको छ । यो भन्दा अघि भारतका कुनै पनि चलचित्रहरु अमेरिकाका यतिखेर स्क्रिनमा लागेका थिएनन् ।

video:

- एजेन्सीको सहयोगमा ।