मिलन लामाको न्युयोर्कमा खिचिएको ‘टसिधेले’ गीतको भिडियो सार्वजनिक

...

<pre><b>बैशाख, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायक मिलन लामाले नयाँ गीत सार्वजनिक गरेका छन् । अमेरिकाको न्युयोर्कमा खिचीएको 'टसिधेले' बोलको उक्त गीतमा नेपालको बिभिन्न पर्यटकियस्थलहरुको बर्णन गरिएको छ । यसअघि पनि बिभिन्न भाषामा गीत गाइसकेका मिलनले यसगीतमा पनि शेर्पा जातीको 'टसिधेले' शब्द राखेका हुन् &nbsp;। यसको अर्थ नमस्कार भन्ने हो ।</p><p style="text-align: justify; ">मिलनको एकल गीत केहि महिना अघि न्युयोर्कमा छायांकन गरिएको थियो भने भिडियोमा नेपालका अन्य ठाउँहरुपनि देख्न सकिन्छ । साथै मिलनले गीत मनपर्नेहरुका लागी कभर समेत गर्न आह्वान गरेका छन् । &nbsp;भिडियोलाई न्युयोर्कमा सम्भु मोक्तान र नेपालमा सागर लामाले खिचेका हुन् । गीतमा शब्द तथा संगीत गायक मिलनकै रहेको छ ।</p><pre style="text-align: justify; "><b><i>video:</i></b>
<iframe frameborder="0" src="//www.youtube.com/embed/HnKlWoPfeYM" width="640" height="360" class="note-video-clip"></iframe>
</pre><p style="text-align: justify; "><br></p>