<pre><b>बैशाख, काठमाडौं।</b> </pre><p style="text-align: justify; ">चलचित्र 'पशुपतिप्रसाद' र 'धनपति'मा एक साथ काम गरेका निर्देशक दीपेन्द्र के खनाल र अभिनेता तथा लेखक खगेन्द्र लामिछाने अब फेरि अर्को चलचित्रमा एकसाथ काम गर्ने भएका छन्। सुरज सिने आर्ट्सले निर्माण गर्न लागेको एक चलचित्रमा उनीहरु अनुबन्धित भएका छन्। </p><p style="text-align: justify; ">चलचित्र 'लभलभलभ'की निर्मात्री शर्मिला पाण्डेको निर्माणमा बन्न लागेको यस चलचित्रको बजेट ५ करोड राखिएको छ। ‘नेपालबाट लुकिछिपी अमेरिका जाने तीन पात्रको कथा मा बन्न लागेको यस चलचित्रको नाम भने तोकिएको छैन्। चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गर्ने पक्का भएको छ। भने मुख्य भुमिकामा खगेन्द्र लामिछाने रहनेछन्। चलचित्रको कथा निर्देशक खनालले नै लेखिरहेका छन्। चलचित्रको छायांकन मंसिरदेखि गरिने बताइएको छ। नेपाल, भारत, पेरु, मेक्सिको, ब्राजिल हुँदै अमेरिकाको टेक्साससम्म १२ वटा देशमा चलचित्रको छायांकन गरिने जनाइएको छ। यसकारण पनि चलचित्रको बजेट ५ करोड राखिएको निर्माण पक्षले जनाएका छन्। नेपालमा यति ठुलो बजेटमा बन्न लागेको सम्भवत यो नै पहिलो चलचित्र हो। </p>







१७ बैशाख २०७४, आईतवार ०९:२९ 








