साडीमा यसरी झल्कियो ‘बाहुबली’को प्रभाव

बैशाख, काठमाडौं।

जब कुनै चलचित्र हिट हुन्छन् तब बजारमा ती चलचित्रको प्रभाव देखिन थाल्छ । चलचित्रको नामबाट कतिपय होटलको नाम बन्छन् त कतिपय यातायातको पनि नाम बनेको देखिन्छ । यसैबीच अहिले निकै तहल्का मच्चाइरहेको बलिमच्चाइरहेको बलिउड चलचित्र ‘बाहुबली २’ को प्रभाव पनि यस्तै देखिएको छ । यो चलचित्रको नामबाट यतिखेर बलिउडमा खानेकुरा तथा लगाउने कुराहरू बन्न थालेका छन् ।

यसैबिच ‘बाहुबली’ को रंग साडीमा पनि देख्न थालिएको छ । यतिखेर ‘बाहुबली’ प्रिन्टेड साडी बजारमा भेटिन थालेका छन् भने ती साडीले चर्चा पनि पाइरहेका छन् । महिलालाई आकर्षित गरिरहेको यस्तो साडीमा अमरेन्द्र बाहुबली र देवसेना एकसाथ उभिएका छन् । साडीको आँचलमा यो चित्र अंकित गरिएको छ र भीएफएक्सको रंगको हिसाबले साडीलाई रंगिन बनाइएको छ ।

यो साडी अनलाइन भिन्न–भिन्न वेबसाइटमा सजिलै उपलब्ध छन् । साडीको मूल्य २५ सय भारुको हाराहारीमा बिक्रिका लागि राखिएको छ । ‘बाहुबली’ बर्गरको कुरा गर्ने हो भने एक फास्ट फुड चेनले आफ्नो व्यापारलाई बढाउनका लागि ‘बाहुबली’ को नाममा एक बर्गर लञ्च गरेको छ । यो बर्गरको मूल्य २ सय ५० भारु तोकिएको छ । बर्गरलाई प्रभासको तस्वीरसँग जोडेर दर्शकसामु राखियो ।

यसैबीच यो चलचित्रलाई नेपालमा पनि खुबै रुचाइएको छ । यो चलचित्र नेपाली हलहरूमा रिलिज भएसँगै सबै नेपाली चलचित्र पछि हटेका छन् ।