अमेरिकामा ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’

...

<pre><b>बैशाख, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">अमेरिकाको वासिङ्टन डीसीमा नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । &nbsp;यही वैशाख २२, २३ र २४ गते हुन गइरहेको महोत्सवमा नेपाली पानोरामा अन्तरगत नेपाल र नेपाली परिवेशमा निर्माण गरिएका चलचित्र देखाइने छ। महोत्सवको &nbsp;उद्घाटन दीपक रौनियार निर्देशित चलचित्र ‘सेतो सूर्य’बाट गरिने तथा समापन &nbsp;मिन भाम निर्देशित ‘कालो पोथी’बाट गरिने बताइएको छ। महोत्सवमा विभिन्न समयका उत्कृष्ट नेपाली चलचित्रहरु देखाइनेछ । </p><p style="text-align: justify; ">महोत्वसको &nbsp;लुकिङ ब्याक नेपाल सेक्सन अन्तरगत नवीन सुब्बा निर्देशित ‘नुमाफुङ’ र छिरिङ रितार शेर्पा निर्देशित ‘मुकुण्डो’ देखाइने जनाइएको छ। त्यस्तै नेपाली पानोरामामा राजन कठैतको ‘शेरडाक’, सूवर्ण थापाको ‘सुनगाभा’, देवकी विष्टको ‘इन सर्च अफ देवकी’, अम्बिका जोशीको ‘टासिज टरबाइन’, गणेश पाण्डेको ‘भाग्यले बाँचेकाहरु’ र किरण मरहट्टाको ‘जर्नी टु वार्सा’ प्रदर्शन गरिने महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिएका छन्। त्यस्तै महोत्सवमा अन्तर्राष्ट्रिय सिनेमा तथा छोटो चलचित्र अन्तरगत विभिन्न चलचित्रहरु प्रर्दशन गरिनेछ।&nbsp;</p><p style="text-align: justify; ">अमेरिकामा रहेका नेपाली समुदाय तथा विभिन्न चलचित्रसँग सम्बन्धित संघसंस्थाको सहयोगमा हुन लागेको चलचित्र महोत्सवमा निर्देशक नवीन सुब्बा जुरी प्रमुखका रुपमा सहभागी हुनेछन् भने अन्य जुरी सदस्यमा ग्लोबल पीस फिल्म फेस्टिभलकी नीना स्ट्रिच र इरानका निर्देशक फ्रेड बोजोर्गमेहर रहनेछन् ।महोत्सवमा मीनबहादुर भाम, दीपक रौनियार लगायत निर्देशकसमेत सहभागी हुनेछन् । महोत्वसको नेपाल संयोजन मानव अधिकार चलचित्र केन्द्रले गरेको छ ।</p>