पार्टीको गीतमा मुर्दावाद भनेको छैन: गायक बैकुण्ठ

गोपिकृष्ण चापागाई । बैशाख, काठमाडौं ।

स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा यतिखेर नेपाली कलाकारहरुलाई पनि चुनावी माहोलले छोएको छ । कुनै न कुनै राजनितिक पार्टीमा आस्था राख्ने कलाकारहरु कोहि खुलेरै राजनितिमा लागेका हुन्छन् त कोहि आस्थामात्र राख्छन् । साथै यतिखेर गायनक्षेत्रका केहि कलाकारहरुलाई चुनावी माहोलले भने राम्रैसँग छोएको देखिन्छ । अहिले बजारको कुरा गर्ने हो भने एमाले, कांग्रेस तथा माओवादी लगायतका पार्टीहरुको छुट्टा छुट्टै भोट माग्ने शैलीका गीत निस्किरहेका छन् । युट्युवमा राम्रै स्थान पाइरहेका ति गीतहरु चर्चित गायकहरुले पनि गाएका छन् ।

यसैबिच आज हामी नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका गायक बैकुण्ठ महतसँग यसैबिषयमा रहेर कुराकानी गर्दैछौं । नेकपा एमाले पार्टीमा आस्था राख्ने गायक बैकुण्डले केहिदिन अघिमात्र दुई वटा एमालेकै लागी भोट मागिएको गीत बनाए । एकगीत (मै पनि एमाले बोलको गीत) मा लोकगायक बद्री पंगेनीले स्वर दिएका छन् भने अर्को गीत बैकुण्ड आफैले गाएका छन् ।

यतिखेर तपाईलाई चुनाव निकै लागेको जस्तो छ नि ?

हजुर यतिखेर प्रत्येक नागरिकलाई चुनावी माहोलले छोएको छ । एक सचेत नागरिकलाई चुनावले छुनुपर्छ पनि । म लगायत मेरा अन्य कलाकार साथीहरुको कुरा गर्दा गायन क्षेत्रमा लागेको मान्छे परियो, चुनावले त छोएको छ तर त्यस्तो कुनै राजनितिक जिम्मेवारी बहन चाँही गर्नुनपर्ने भएकोले पनि आ—आफ्नो ठाउँबाट चुनाव होस् राज्य शान्ति सुब्यवस्था कायम हुन् भन्ने चाहाने मात्र हो ।

कलाकारहरु यसरी कुनै पार्टी भन्दै राजनितिमा लाग्नुलाई कसरी लिनुहुन्छ ?

कलाकारहरुको पनि कुनै आस्था बिचार हुन्छ । उनीहरुले पनि कुनै पार्टीबाट पेशागत मर्यादाका लागी कुनै बिकास होस् भनेर लाग्न पाउनुपर्छ । कलाकार पनि आफ्नो ब्यक्तिगत स्वार्थका लागी लागेका हुन् कि सामुहिक वर्गिय स्वार्थका लागी लागेका हुन् भन्ने कुरा हेर्नुपर्छ । यदि सम्पुर्ण कलाकारिता क्षेत्रको बिकासका लागी लागेका छन् भने त्यसलाई हामीले हार्दिकताका साथ सम्मान गर्नुपर्छ ।

अहिले एमाले गीत गाउनु भएको छ, पार्टीबाटै गाउनका लागी आग्रह गरिएको हो ?

मैले अहिले दुई वटा एमाले गीत निकालेको छु । एक गीतमा चाँही मेरो र पुर्णकला बिसीको स्वर रहेको छ । गीत निकाल्नका लागी एमाले पार्टीबाट एक किसिमको आग्रह त गरिएको हो तर पनि यी गीत मै आफुैले लगानी गरेर निकालेको हुँ । आवश्यक परेको बेलामा पार्टिलाई सहयोग गर्नुपर्छ भन्ने लागेरै गीत ल्याएको छु । मैले गाएको गीतमा प्रलाद सुवेदीले शब्द भर्नुभएको छ । जुन गीतबाट एमाले पार्टीको लागी भोट मागिएको छ ।

स्वतन्त्र कलाकार यसरी एक पार्टी भनेर लाग्दैगर्दा दर्शक तथा स्रोताको माया कम हँदैन ?

पहिलो कुरा त म एक कलाकार हुँ । म कलाकार हुँ भन्ने मर्यादा भित्र रहेर राजनिति गर्नुपर्छ भन्ने बुझेको छु । मैले गाएका गीतमा कसैलाई मुर्दावाद भन्ने शब्दको प्रयोग गरेको छैन । राजनितिक आस्था, बिचार तथा सिद्धान्तहरुबाट प्रभावित हुने आधारमा हरेक नागरिकलाई त्यो स्वतन्त्रता पनि छ । म राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान भित्र भइरहदा कुनै राजनितिक दलको कुरा गर्छु भने त्यहाँनिर गलत हुन सक्छुहोला तर कुनै पार्टीले चुवान घोषणा पत्रलाई लक्षित गर्दै बनाइएका गीतहरु गाउँदा दर्शक तथा स्रोताले गलत ग¥यो भन्ने ठान्नुहुन्छ जस्तो मलाई लाग्दैन ।

अर्को कुरा दर्शक तथा स्रोताले यो कुरा पनि बुझ्नु जरुरी छ कि यतिखेर नेपाली कलाकारहरु अप्ठ्यारो अवस्थामा छन् एउटा राम्रो रोयल्टि सिस्टम अझै बस्न सकेको छ्रैन । त्यसैले पनि नेपाली गीत संगीतको क्षेत्र त्यसैगरी सम्पुर्ण कलाकारहरुलाई सुब्यवस्थित गर्नका लागी पनि राज्यका ठुलो शक्तिसँग जोडिनु आवश्यक छ । हाम्रो आवाजलाई त्यहा सम्म पु¥याउनका लागी  राजनिति र राजनितिज्ञसँगको सहकार्य आवश्यक ठान्छु । जुन दिन गीतसंगीतको क्षेत्रबाट बाच्न सक्ने आधार हुन्छ त्यो समयमा राजनितिमा लागिरहनु पर्छ भन्ने लाग्दैन । हामीलाई विश्वास छ सम्पुर्ण संगीतको मुद्धाहरुलाई बिभिन्न राजनितिक पार्टीहरुले संगीत एक ठुलो उद्योग हो भन्नेकुरा बुझ्नेछन् । संगीतकर्मिलाई बाच्नसक्ने आधारहरु सिर्जन गर्ने तर्फ आफ्नो घोषणापत्रमा समावेश गर्नेछन् । र सोहिबमोजिक अन्य पार्टीमा आस्थावान भएका साथीहरुलाई पनि सोहि अनुरुप लाग्नका लागी आग्रह गर्दछु ।

तपाईलाई अन्य पार्टीले यसरी नै गीत गाइदिनु प¥यो भनेभनि गाउनु हुन्छ ?

गाउछु । यदि गीतमा कसैलाई मुर्दावाद, कोहि राम्रो कोहि नराम्रो भनेर किटान गरिएको छैन भने मज्जाले गाउछु ।

यो गीत गाइसकेपछि प्रतिक्रिया कस्तो कस्तो आएका छन् ?

प्रतिक्रियाको कुरा गर्दा मिश्रीत आएको छ । दर्शक तथा स्रोताको कुरा गर्दा कसैले राम्रो भन्नु भएको छ भने कसैले यस्तो पार्टी बिशेष गीत नगाएको भए पनि हुनेथियो भनेर प्रतिक्रिया दिनुभएको छ । तर जतिले नराम्रो भन्नु भएको छ उहाँहरुका लागी बुझाउन सक्ने तर्क हामीसँग छ । राजनितिसँग नजोडिएर कुनै पनि हक तथा अधिकारहरु प्राप्त हुदैनन् त्यसैले हामी एमाले तिर लागेका हौं । यसरी नै केहि साथीहरुले कांग्रेसलाई, केहि साथीहरुले माओवादीलाई भने केहि साथीहरुले अन्य पार्टिलाई घच्घचाउनुहुनेछ ।

अन्त्यमा, एमालेसँग जोडिएर राजनितिमा लाग्नुभएको छ गीतसंगीतका लागी तपाईको माग के हो ? प्रष्ट्याईदिनुस न ।

नेकपा एमालेको घोषणा पत्रमा नेपाली गीतसंगीतको बिकासका लागी संगीत बिकास बोर्डको स्थापना होस्, घोषणा पत्रमा प्रकाशन गरियोस् र त्यसलाई यदि एमालेले चुनाव जित्यो अथवा प्रतिपक्षका भुमिकामा रहदा पनि त्यसलाई कार्यान्वयनका लागी पार्टी अगाडि बढोस् भन्ने हाम्रो चाहाना हो ।

- यो सामाग्री हिमालाय टाईम्समा प्रकाशित छ ।