राजेश हमाल एमालेको घरदैलो चुनाव प्रचारप्रसारमा देखिए

बैशाख, काठमाडौं ।

यतिखेर स्थानिय चुनावको चहलपहल गाउँदेखी शहर सबैठाउँमा लागेको छ । साधारण नागरिक देखी सेलिब्रेटीहरुलाई पनि चुनावको माहोलले मज्जैले छोएको छ । अहिले सामाजिक सञ्जालमा हेर्ने हो भने बिभिन्न राजनैतिक पार्टीहरुका आ आफ्नै चुनावी गीतहरु आएका छन्।

यसैबिच शनिबार बिहान अभिनेता राजेश हमाल पनि चुनावी प्रचारप्रसारमा हिडेका छन् । हमाल शनिबारको दिन एकाबिहानै नेकपा एमाले पाटीका लागी भोट माग्दै हिडेका थिए । काठमाडौंको महानगरपालिका २६ स्थित गल्खोपाखामा बाजागाजासहित हातमा सूर्य चिन्हका झण्डा भएका कार्यकर्ताहरुसँग राजेश पनि प्रचारप्रसारमा हिडेका हुन् ।

राजेशले एमालेका २६ नं वडाका वडा अध्यक्ष देवेन्द्र रिमाललाई भोट मागिरहेका थिए । एमालेका वडा अध्यक्ष देवेन्द्र रिमालले राजेश हमाल आफ्नो मर्दाको मलामी र जिउँदोको जन्ती भएकोले आफुलाई साथ दिएको बतााएका छन् ।  उनको प्रचारमा कवि माधव घिमिरे पनि हिडेका थिए ।

अभिनेता राजेश हमाल अहिलेसम्म कुनै पनि राजनैतिक पार्टीमा प्रवेश भने गरेका छैनन् । यो भन्दा अघि अन्य केहि चर्चित कलाकारहरु राजनितिक पार्टीमा प्रवेश गरेको भएपनि यसरी एमालेको चुनावी प्रसारमा हिडेका राजेशभने यो बिषयमा केहि बोलेका छैनन् । एमाले वडा अध्यक्ष रिमालका नजिकका र छिमेकी भएको कारणले उनलाई सहयोग गरेको उनलाई बुझ्ने अन्य ब्यक्तिहरुको भनाई छ ।