‘रमिता’ मा दिलिप र रजनीको जोडी

...

<pre><b>बैशाख,काठमाडौं ।</b></pre><p style="text-align: justify; ">&nbsp;नायक दिलिप रायमाझि पछिल्लो समय परिवार सहित अमेरिकामा बस्दै आएका छन् । बेलाबेलामा नेपाल आउने दिलिप यतिखेर नेपालमै चलचित्रको छायांकनमा ब्यस्त छन् । अमेरिका बसाईका क्रममा समेत म्युजिक भिडियोहरुमा देखिरहेका उनी नेपाल आएर &nbsp;चलचित्र ‘रमिता’मा ब्यस्त छन् । नायक दिलिप र नायिका रजनी केसीको तस्बिर सार्वजनिक भएसँगै दिलिप—रजनीको जोडीको प्रसंसा गर्न थालिएको छ । &nbsp;&nbsp;</p><p style="text-align: justify; ">रंजित कुमार केसीको निर्देशनमा निर्माण हुन लागेको चलचित्रमा इश्वरी प्रसाद पाण्डे र रंजित कुमार केसी मिलेर निर्माण गरेका हुन । चलचित्रको छायाँकन एक महिनामा सकिने बताइएको छ ।&nbsp;</p><p style="text-align: justify; ">चलचित्र ‘परदेशी’मा अभिनय गरेर चर्चा बटुलेकी रजनीका ‘ब्रासलेट’ र ‘लालजोडी’ चलचित्र प्रर्दशन भइसकेका छन् ।हाँस्य टेलिश्रृंखला ‘टेन टु फाइभ’मा पनि अभिनय गरिरहेकी रजनीले चलचित्र ‘रमिता’मा दिलिपसँग काम गर्ने मौका पाएकी हुन् । लामो समयको अमेरिका बसाईपछि स्वदेश फर्किएका दिलिपलाई राम्रो अभिनय र नृत्य गर्ने नायकको रुपमा चिनिन्छ ।</p>