चुनावमा कोहि पनि झगडा नगरिदिनुः मिलन लामा

चुनावी सन्देश / बैशाख, काठमाडौं ।

यतिखेर नेपाल स्थानिय निर्वाचनमय बनेको छ । गाउँघरका गल्लि—गल्लि देखी शहरका चोक—चोकसम्म बिभिन्न राजनितिक पार्टीका झण्डाहरु बोकेर प्रचारप्रसार गरेको पाइन्छ । साधारण जनता देखी कलाकारहरु सबैलाई चुनावी माहोलले छोएको देखिन्छ । गीतसंगीतको क्षेत्रमा पनि थुप्रै चुनावी गीतहरु आएका छन् । यसैबिच नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका एक पुराना अनि चर्चित गायक मिलन लामालाई हामीले अहिले स्थानिय निर्वाचनको बिषयमा ठाउँ—ठाउँमा बिभिन्न झै—झगडा भइरहेका छन् त्यसबिषयमा तपाईको सन्देश केहि छ कि भनि सोधेका छौंः

‘सर्वप्रथम त स्थानिय निर्वाचनमा उठ्नु भएका सम्पुर्ण उम्मेदवारहरुलाई शुभकामना दिन चाहान्छु । यतिखेर हाम्रो नेपालको गाउँघर, शहरबजार सबैठाउँ स्थानिय निर्वाचनमय बनेको छ । सबैले आफ्नो—आफ्नो पार्टी राम्रो भन्दै चुनावी प्रचारप्रसार गर्नुभएको छ । गाउँघरका टोल, बाटो राम्रो बनाउँछु भनिरहनु भएको छ । यो कुरामा त खुसी लाग्छ कि उहाँहरुले गाउँको बिकास गर्छु भनेर लागिपरिरहनु भएको छ ।

कसैले म यो पार्टीको कसैले म त्यो पार्टीको भन्दै बिभाजित भइरहनु भएको छ यहाँ जसले जितेपनि आखिर जित नेपालकै हो त्यसैले झै—झगडा नगरिदिनुहोला । अहिले बिपरित भएर चुनाव लडेपनि भोली मिलेर त्यहि ठाउँमा बस्नु छ, यहि देशमा बस्नु छ । म एक स्वतन्त्र कलाकारभएको हिसाबमा सबैलाई मिलेर अगाडि बढ्नुस भन्नचाहान्छु ।’

यो सामाग्री हिमालय टाईम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ ।