जस्टिनको शो, ४ किमि टाढा बाट हेर्न ४ हजारको टिकट

...

<pre><b>बैशाख, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">हलिउडका चर्चित सिंगर जस्टिन बिबर आज (१० मे) मुम्बईको डिवाई पाटिल स्टेडियममा कन्सर्ट गर्दैछन्। जस्टिनको शो को लागि इन्डियामा पहिलेदेखिनै चर्चा सुरु भइसकेको छ। आज ११ बजे बाट रातको १० बजे सम्म राखिएको शोमा जस्टिनले ८ बजेबाट आफ्नो प्रस्तुति दिनेछन्। उनी शोमा आफ्ना २५ डान्सरका साथमा प्रस्तुत हुने छन्। शो मा उनको ९० मिनेट सम्म प्रस्तुति रहने भारतीय मिडियाले जनाएको छ।&nbsp;</p><p style="text-align: justify; ">उनको शो &nbsp;हेर्नका लागि तमाम इन्डियनहरु मुम्बई पुगेका छन्। तर शो मा दर्शकहरुका लागि राखिएको पार्किंग व्यवस्थाले भने समस्या पर्न सक्ने मिडियाले जनाएको छ। बताइए अनुसार शो मा पार्किंग को सुविधा टिकटको श्रेणी अनुसार छुट्याइएको छ। जसमा सबैभन्दा सस्तो रहेको टिकट ४००० को रहेको छ भने यसका लागि पार्किंग कन्सर्ट स्टेडियम भन्दा ४ किमि टाढा व्यवस्था गरिएको छ। &nbsp;यसका साथै २५०००को &nbsp;डायमंड, १५०००को प्लेटिनम, १००००को गोल्ड र ७०००का सिल्भर टिकट लिने हरुका लागि पार्किंग स्टेडियम बाट २ किलोमीटर पर राखिएको छ। एजेन्सी</p>