रेखा र आर्यन फेरि एकसाथ,’रुद्रप्रिया’मा स्किृन सेयर गर्दै

...

<pre><b>बैशाख, काठमाडौं।&nbsp;</b></pre><p>नेपाली चलचित्र 'किस्मत', 'हिफाजत', र 'कस्ले चोर्यो मेरो मन' बाट दर्शकहरुमाझ उत्कृष्ट जोडिका रुपमा स्थापित हुन सफल नायिका रेखा थापा र नायक आर्यन सिग्देल अब फेरि पर्दामा देखिने भएका छन्। रेखा थापाको होम प्रोडक्शन बाट बन्न लागेको चलचित्र 'रुद्र प्रिया' बाट रेखा र आर्यन पर्दामा एकसाथ देखिन लागेका हुन्।&nbsp;</p><p>'कस्ले चोर्यो मेरो मन' मा खेलेपछि उनीहरुलाई दर्शकहरुले सात वर्षसम्म पर्दामा एकसाथ देख्न पाएका थिएनन जसका कारण बजारमा उनीहरुविच झगडा परेको पनि निकै चर्चा चलेको थियो। उनीहरुविच बोलचाल समेत बन्द भएको थियो। तर अब भने उनीहरुले आफुहरुविच त्यस्तो व्यक्तिगत दुश्मनी नभएको र समय नमिलेकाले मात्र चलचित्रमा नखेलेको बताउँदै 'रुद्रप्रिया'मा एकसाथ काम गर्ने बताएका छन्। 'रुद्रप्रिया'मा आर्यन 'रुद्र'को भुमिकामा रहनेछन भने रेखाले 'प्रिया'को भुमिका निभाउने बताइएको छ।&nbsp;</p><p>सुदिप बबी भूपाल सिंहको लेखन तथा निर्देशनमा बन्न लागेको 'रुद्रप्रिया'को जेठ महिनाको पहिलो सातादेखि छायांकन सुरु हुने बताइएको छ। &nbsp;रमेश एमके पौडेल र सरस्वती थापाले निर्माण गर्न लागेको चलचित्रमा संजय लामाको छायाँकन, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत रहनेछ । चलचित्र ‘रुद्रप्रिया’ &nbsp;कात्तिक २ प्रर्दशनमा&nbsp;ल्याउने बताइएको छ।&nbsp;</p>