ऋचालाई ‘आधा लभ स्टोरी’ पठाउनेलाई पुरस्कार

...

<pre><b>बैशाख, काठमाडौं।</b></pre><p>नायिका ऋचा शर्माको निर्माणमा बनेको चलचित्र 'आधा लभ' जेठ २६ गते बाट प्रर्दशनमा आउँदैछ। चलचित्रको प्रचारप्रसारको क्रममा निर्माण पक्षले हालै एक प्रतियोगिताको आयोजना गरेको छ। निर्माण पक्षले आयोजना गरेको 'मेरो आधा लभ स्टोरी ः क्रियटिभ राईटिङ कम्पिटिशन' मा भाग लिनका लागि आधा लभ को विषयमा जस्तोसुकै रचना लेखेर पठाउनु पर्नेछ्। प्रतियोगीहरुले आफुले लेखेको कथा, कविता, मुक्तक, निबन्ध वा अन्य रचना हरु जेष्ठ १८ गतेसम्म पठाइसक्नु पर्ने &nbsp;र विजेतालाई आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको नायिका तथा निमात्री ऋचाले जानकारी दिएकी छिन्। &nbsp;विजेताले चलचित्रको टिकट पनि पुरस्कारको रुपमा प्राप्त गर्नेछन् । &nbsp;</p><p><img src="http://artistkhabar.com/uploads/posts/e3c70d6200bc14d06a0f9878f2f31fb61494483739.jpg" style="width: 817px;"><br></p><p>अर्पण थापाको निर्देशनमा बनेको यस चलचित्रमा नायिका ऋचा र अर्पणको मुख्य भुमिका रहेको छ। चलचित्रमा उनीहरुको अलावा मिथिला शर्मा, टीका पहारी, रेमनदास श्रेष्ठ, रोजिशा शाही, विपिन मिक्की गुरुङलगायतको अभिनय रहेको छ।&nbsp;</p>