पुर्णिमा थापालाई ‘किड क्विन नेपाल’ को ताज

बैशाख, काठमाडौं।

नेप्लिज फेशन होमद्धारा आयोजना गरिएको प्रतियोगिता  'किड क्विन नेपाल २०१७' को फाइनल सम्पन्न भएको छ।  बुधबार राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगिताको फाइनलमा आफ्ना २७ प्रतिस्पर्धीलाई पछि पार्दै सिन्धुपालचोककी ९ वर्षीया पुर्णिमा थापाले ‘किड् क्विन नेपाल–२०१७’को उपाधि जितेकी छिन्। विजेता पुर्णिमाले ताजका साथै क्राउन र विभिन्न उपहार प्राप्त गरेकी छिन्।

त्यस्तै प्रतियोगितामा अल्ड्रिना श्रेष्ठ फस्ट रनरअप र कोहिनुर भारती सेकेन्ड रनरअप बनेका छन्।९ देखि १३ वर्षका बालिकाहरुको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि यो प्रतियोगिता १५ वर्षदेखि हुँदै आएको  छ।

प्रतियोगितामा गायिका एवं सञ्चारकर्मी धन लामा, नेपाल बुटिक एशोशियसनका संस्थापक अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ, लायन्स पवनकुमार थापा, सञ्चारकर्मी अरुणा भट्टराई, व्युटिसियन मञ्जु कार्की, मिस नेवा इशु श्रेष्ठ लगायतका निर्णायक हरु रहेका थिए ।