क्यामेरा बाहिरको प्रेम प्रस्ताव पनि अभिनय जस्तो लाग्छः पार्वती राई

...

prabati rai - model

साउन, काठमाडौं । नेपाली नृत्य क्षेत्रमा छुट्टै स्थान बनाएकी कलाकार पार्वती राई यतिखेरकी व्यस्त कलाकार हुन् । कुनै पनि नृत्य गितमा कलाकारलाई छान्नुपर्दा पार्वती राईको नाम नै अगाडि आउँछ किनकि उनको नृत्य कला जो कोहिलाई पनि मन पर्छ । आम दर्शकको रोजाईमा पनि उनै पार्वती पर्छिन त निर्माता तथा निर्देशकको रोजाईमा पनि पार्वती नै परेको पाईन्छ । पाँच बर्ष देखि लगातार नेपाली गित सँगितमा नाच्दै आएकी पार्वती राजधानीको अनामनगरमा बस्दै आएकी छिन् । उनले अहिलेसम्म ४ सय भन्दा बढि गितमा नृत्य गरिसकेकी छिन् ।

यसैबिच पछिल्लो समय तिज गितको नृत्यमा व्यस्त रहेकी पार्वती राई सँग आर्टिस्ट खबरले कुराकानी गरेको छ । प्रस्तुत छ पार्वती राई सँग गरीएको कुराकानीः

तिजमा कत्तिको व्यस्त हुनुहुन्छ ?
हजर भर्खर सुरु भएको छ रौनक ठिकै छ । तर पहिला भन्दा अलि कम होकि जस्तो लागेको छ ।

गएको साल कति वटा तिजको गितमा नाच्नु भो ?
२९ वटा

अन्य गित भन्दा तिजमा अझ व्यस्त देखिनुहुन्छ नि ?
हजुर । तिजको गितमा धेरैले बोलाउनु हुन्छ । अन्यमा कम त हैन तर तिजमा अन्य भन्दा केहि बढि नै हुन्छ ।

यो क्षेत्रमा लाग्नुभएको कति भयो ? संघर्ष कत्तिको गर्नुपर्यो ?
पाँच बर्ष पुग्यो यो क्षेत्रमा लागेको त । संघर्ष त हरेक क्षेत्रमा आउन गर्नुपर्छ नै । अझ कलाकारिता क्षेत्रमा आउन त्यति सजिलो छैन । संघर्ष धेरै गरेकी छु ।

पार्वती राई भनेपछि धेरै दर्शक स्रोताले मन पराउनुको पछाडि के छ जस्तो लाग्छ ?
अब जो कोहि दर्शक तथा स्रोताले मन पराउने भनेको राम्रो कला हो । यदि राम्रो कला प्रस्तुत गर्ने क्षमता पार्वती राई मात्र हैन अरु सँग पनि छ भने उहाँहरुलाई पनि मन पराउनु हुन्छ । म आफ्नो यो क्षेत्रमा धेरै मेहनत गर्छु दर्शकले खोजे जस्तो अभिनय कला प्रस्तुत गर्न सक्छु सायद त्यसैले होला कि ? ।

कलाकारहरुलाई म्युजीक भिडियो भन्दा धरै कमाई त स्टेज कार्यक्रम बाट हुन्छ भन्छन् नि ।
पक्कै पनि यो कुरा सहि हो । कलाकारहरुको म्युजीक भिडियो भनेको त देखाउने दाँत जस्तै हो । भन्छन् नि दाँत देखाउने र भित्री हुन्छ अर्थात चपाउने छुट्टै हुन्छ । कलाकारहरुको लागि म्युजीक भिडियो देखाउने दाँत र स्टेज कार्यक्रम भित्री चपाउँने दाँत जस्तै हो ।

prabati rai

स्टेजमा नाच्न कै लागि भनेर कति देशमा पुग्नु भो ?
धेरैमा पुगेकी छु । यतिनै भन्ने त गनेकि त छैन तर दर्जन पुग्न लागे कि । जे होस एउटै देशमा धेरै पटक सम्म गएकि छु । पटक पटक बोलाउनु हुन्छ खुसी लाग्छ ।
पार्वती राई लाई बिवाहित भन्न मिल्छ कि अबिबाहित ?
अहिले सम्म त अबिबाहित नै हो नि ।

यो क्षेत्रमा लागेकाहरु को धेरै सँग सँगत हुन्छ अनि प्रेम प्रस्ताव पनि उत्तिकै मात्रामा आउँछ होला नि ? तपाई लाई कत्तिको आएका छन् प्रेम प्रस्ताव ?
हो नि । यो क्षेत्रमा लागेपछि प्रम प्रस्ताव धेरै आउँदो रहेछ । तर मलाई माया प्रेम भने पछि खासै वास्ता लाग्दैन । प्रेम प्रस्ताव आउँछ तर त्यो भने अभिनय नै होकि जसतो लाग्छ । क्यामेरा अगाडिको प्रेम प्रस्ताव अभिनय पक्कै पनि हो तर बाहिरको पनि अभिनय नै लाग्छ त्यसैले खासै वास्ता हुँदैन ।

तपाईको बिचारमा प्रेम विवाह राम्रो कि एरेन्ज ?
पहिला एरेन्ज अनि प्रेम ।

पछिल्लो समय म्युजीक भिडियो बन्ने क्रम निकै बढेको छ । यो क्षेत्रलाई बुझेका भन्दा नबुझेका मान्छे बढि आएको पाईन्छ नयाँ आउँदा पुरानालाई गाह्रो पर्दैन ?
पक्कै पनि पछिल्लो समय निकै नै म्युजीक भिडियो बन्दैछन् । यो क्षेत्रमा नबुझि हात हाल्दा धेरै फस्नु भएको पनि छ । गाह्रो त के भन्नु र तर केहि प्रभाव त पर्छ नै । म्युजीक भिडियो राम्रो बनेन भनिन्छ त्यसको मुख्य कारण पनि नयाँ कलाकार नै हो । नयाँ क्यामेरा मेन हुनुहुन्छ सबै कुरा बुझेको हुनुहुन्छ अनि निर्देशक पनि नयाँ कलाकार पनि नायँ भएपछि त कसरी राम्रो बन्छ र हैन र ? त्यसैले राम्ररी बुझेरमात्र आउदा राम्रो हुन्छ ।
यसरी म्युजीक भिडियोमा नबुझि आउने लगानी गर्ने र जान्दै नजानि मोडल गर्न चाहानेहरुलाई के भन्नु हुन्छ ?
यो क्षेत्र त्यति सजिलो छैन । अरुले नाँचेको गरेको देखेर मात्र म पनि गर्छु नभन्नुस, पहिला यो क्षेत्रलाई राम्रो सँग बुझ्नुस, पढ्नुस, परफेक्ट भएपछि मात्र आउनुस राम्रो हुन्छ । एक्कासी हात हाल्दा सफल हुन सकिदैन ।
अलि अलि पैसा भयो भन्दैमा सुरुमै मोडल गछ, अथवा निर्देशन गर्छु भन्नु भयो भने त्यो राम्रो नहुन सक्छ किनकी यो क्षेत्र सँग सम्बन्धि पनि धेरै स्कुलहरु छन् जानुस पढ्नुस राम्रो सँग बुझ्नुस अनि मात्र आउनुस । पछिल्ला समय निर्देशक त्यतिकैमात्रामा बनेको पाइन्छ, क्यामेरा मेन त्यतिकै मात्रामा बनेको छन् तर उहाँहरु बुझेर भन्दा धेरै नबुझि आउने बढि हुनुहुन्छ । यदि नबुझि निर्देशक अथवा क्यामेरामेन बन्नुभयो भने आर्टिस्टलाई पनि गाह्रो अनि आफुलाई त झन् गाह्रो हुन्छ नै ।

 

प्रस्तुतीः गोपिकृष्ण