<pre><b>बैशाख, काठमाडौं। </b></pre><p>काठमाण्डौको बौद्धपछि ललितपुरको कुमारीपाटीमा ‘पीज्जा वर्ल्ड’को शाखा संचालनमा आएको छ । नायिका केकी अधिकारीले आज रिवन काट्दै यसको उद्घाटन गरेकी छिन्। उद्घाटन कार्यक्रममा केकीका साथै पूजा शर्मा, छुल्ठिम गुरुङ, रीमा विश्वकर्मा,नायक गजित बिष्ट, कोरियोग्राफर गम्भिर बिष्ट लगायतका कलाकारहरु पनि उपस्थित भएका थिए । </p><p>उद्घाटन पछि नायिका हरुले ‘पीज्जा वर्ल्ड’मा स्वादिष्ट पीज्जा पाइने बताउँदै सबैलाई यसको स्वाद चाख्न अनुरोध गरेका थिए। यसका साथै‘ पीज्जा वर्ल्ड’का संचालक विनोद पौडेलले सबै प्रकारका पीज्जाहरु गाह्रकहरुलाई उपलब्ध गराउने गरेको र पीज्जा वर्ल्ड मा विभिन्न प्रकारका पीज्जा सहित पास्ता, स्पाइसी चिकेन, चिकेन तन्दुरी लगायतका खानकुरा उपलब्ध भएको बताएका छन्। </p>







२९ बैशाख २०७४, शुक्रबार १०:३६ 








