सलमानले ल्याएकी जरिन ,तर छैन त्यति चर्चा

जेठ, काठमाडौं।

बलिउडमा  कट्रिना कैफ जस्तै देखिने एक्ट्रेसको रुपमा चिनिएकी एक्ट्रेस जरिन खानले आइतवार आफ्नो जन्मदिन मनाएकी छिन्। मुम्बईमा जन्मिएकी जरिन हिजो १४ मे बाट ३० बर्ष पुगेकी छिन् ।सलमान स्टारर फिल्म वीर बाट बलिउडमा डेब्यु गरेकी जरिन फिल्मको सफलता संगै आशलाग्दो एक्ट्रेसको रुपमा देखापरेकी थिईन्। मुम्बईमा जन्मिएर मोडलिंग गर्दै गरेकी जरिन लाई सुपरस्टार सलमानले कट्रिना जस्तै देखिने हुनाले बलिउडमा प्रवेश गराएका थिए।

२००९ मा रिलिज भएको वीर पछि उनले २०११ ‘रेड्डी’मा आइटम डान्स गरेकी थिइन्।त्यसपछि उनले  ‘हाउसफुल २’, ‘हेट स्टोरी३’ जस्ता फिल्ममा अभिनय गरिन्। यसका साथै  उनले केही तामिल र पञ्जाबीफिल्ममा पनि अभिनय गरेकी छिन् ।तर पनि समग्रमा भने उनले फिल्मी करियर राम्रो बनाउन भने सकेकी छैनन्। बलिउडमा सलमानको फिल्मका खेलेकै कारण करियर बनाउने हरु धेरैनै छन् तर जरिनले भने सलमानकै फिल्मबाट डेब्यु गरेर पनि बलिउडमा स्टारहरुको दर्जामा आफुलाई ल्याउन सकेकी छैनन्।