बाहुबली संग कट्रिनाले रोमान्स गर्ने

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>बक्स अफिसमा &nbsp;'बाहुबली'को अपार सफलता पछि यतिवेला फिल्मका नायक बाहुबली अर्थात प्रभासको डिमाण्ड निकैनै बढेको छ। यतिवेला उनलाई लिएर धेरैनै निर्माताहरु फिल्म बनाउन चाहन्छन्। तर उनी भने यतिवेला 'बाहुबली'को रिलिज पछि अमेरकामा छुट्टी मनाउँदैछन्। भारतीय मिडियाका अनुसार छुट्टी पछि उनी छिट्टै फिल्म 'साहो' को छायांकनमा व्यस्त हुनेछन्। फिल्मको टिजर पनि रिलिज भइसकेको छ। बताइएअनुसार यस फिल्ममा &nbsp;प्रभासको साथमा बलिउड एक्ट्रेस कट्रिनाले रोमान्स गर्ने भएकी छिन्। यति वेला फिल्म 'टाइगर जिन्दा हे' मा व्यस्त रहेकी कट्रिनाले आमिरको फिल्म 'ठग्स अफ हिन्दुस्तान'मा पनि साइन गरिसकेकी छिन्। त्यसपछि उनले प्रभास संग फिल्म 'साहो'मा काम गर्ने छिन्। फिल्म निर्माण पक्ष बाट भने यसबारेमा कुनै आधिकारिक घोषणा भएको छैन्। भारतीय मिडियामा जनाइएअनुसार प्रभास अमेरिका बाट फर्केपछि फिल्ममा कट्रिनालाई लिइएको खवर आधिकारिक घोषणा&nbsp;गरिनेछ। एजेन्सी</p>