जापानमा ‘सायद २’ को प्रिमियर सम्पन्न

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>दुर्गिश फिल्म्स्को ब्यानरमा निर्मित चलचित्र सायद २ को आइतवार जापानमा भव्यताका साथ प्रिमियर सम्पन्न भएको छ। जापानको टोकियो स्थित &nbsp;नाकानो जिरो हलमा आयोजित प्रिमिएरमा दर्शकहरुको राम्रै उपस्थिति रहेको थियो।</p><p>प्रिमियर का लागि चलचित्रका निर्माता सुनिल रावल, नायक सुशील श्रेष्ठ, पत्रकार श्याम अर्याल र सचित खड्का लगायत अन्य कलाकारहरु जापान पुगेका थिए।&nbsp;</p><p>प्रिमियरमा नेपाली दुतावास जापानका राजदुत श्री कृष्णचन्द्र अर्याल र एनआरएन जापानका अध्यक्ष सुदन थापाको समेत उपस्थिती रहेको थियो। &nbsp;प्रिमिएरमा सहभागी धेरै दर्शकहरुले चलचित्र &nbsp;राम्रो भएको प्रतिकृया दिएको चलचित्रका निर्माता सुनिल रावलले बताएका छन्। &nbsp;।&nbsp;</p><p>&nbsp;सुशिल श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना, शोभित बस्नेत, कुशल पाण्डे, सुनिल रावल , निशा कार्की, रुबिना श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको यस चलचित्र नेपालमा असार ३० बाट प्रर्दशनमा आउँदैछ्। चलचित्रमा सुनिल रावलको कथा, राजु विक्रम थापाको छायांकन, अष्ट महर्जनको द्वन्द र गोविन्द राई र विक्रम स्वारको नृत्य निर्देशन रहेको छ । चलचित्रलाई &nbsp;पुष्पराज टि न्यौपानेले निर्देशन गरेका हुन्।&nbsp;</p>