<pre><b>जेठ, काठमाडौं। </b></pre><p><p style="text-align: justify;">नेपाली लोक तथा दोहोरी गीत क्षेत्रमा निकै ब्यस्त गायिका रुपमा चिनिन्छन् देवी घर्ति । उनले गाएका अधिकांश गीतहरुलाई दर्शक तथा स्रोताले मन पराएका छन् ।दोहोरी साँझमा गीत गाउने क्रममा लोक गायक राजु ढकाल संग प्रेम सम्बन्ध भएपछि अन्तरजातिय विवाह गरेकी देवीले हालै एक मिडियासंग आफ्नो प्रेम सम्बन्धको बारेमा कुरा गरेकी छिन्। करिब तिन वर्ष सम्मको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका देवी र राजुले त्यो समयमा एक अर्काको नजिक रहेपनि माया पिरतीका कुरा गर्ने ,डेटिंग जाने जस्ता कुनै कुरा नभएको बताउँछन्। उनीहरुले २०६५ साल मंसिरमा विवाह गरेका थिए। <br>अन्तरजातिय विवाह गरेपनि घरपरिवार बाट भने सहमति रहेको उनीहरु जनाउंछन्। र अन्तरजातिय विवाह भएका कारण दुवै जनाको संस्कृति अनुसार दुई पटक विवाह गरेको देवी जनाउँछिन्।दोहोरी साँझमा संगै काम गर्ने क्रममा राजु एकदमै मिल्ने साथी भएको बताउँदै देवी आफुले प्रेम प्रस्ताव नगरी विवाह गरेको बताउँछिन्। साथै दोहोरी साँझनै आफ्नो डेटिंग स्पटको रुपमा रहेको उनले बताइन्। </p></p>