<pre><b>जेठ, काठमाडौं। </b></pre><p>पछिल्लो समय निकैनै प्रतिक्षित बनेको सलमान स्टारर फिल्म ट्युबलाईटको पहिलो गीत सार्वजनिक भएको छ। रेडियो बोलको यस गीतको भिडियोमा सलमानलाई फन्नी रुपमा देख्न सकिन्छ्। कबिर खानको निर्देशनमा बनेको यस फिल्म यसै इदमा रिलिज हुँदैछ। डान्सिंग बिटको यसगीतमा कमाल खान र अमित मिश्राको आवाज रहेको छ। फिल्ममा सलमानले ढिला कुरा बुझ्ने सुस्त व्यक्तिको भुमिका निभाएका छन्। यस फिल्ममा सलमानको साथै सोहेल खान र चाइनीज एक्ट्रेस जू जू पनि मुख्य भुमिकामा रहेका छिन्। सलमानले यस गीतको भिडियो ट्वीटरमार्फत शेयर गर्दै लेखेका छन् -'अब केवल रेडियो गीत बज्नेछ।' </p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/FIMz4M2Vuw4" width="640" height="360" class="note-video-clip"></iframe><br></p>





३ जेष्ठ २०७४, बुधबार ०७:४६ 







