<pre><b>जेठ, काठमाडौं। </b></pre><p>पछिल्लो समय निकैनै चर्चा कमाइरहेका नायिका प्रियंका कार्की र नायक सौगात मल्ल चलचित्र 'फाटेको जुत्ता'मार्फत एकसाथ देखिने भएका छन्। बिहिबार ललितपुरको कार्यविनायक मन्दिरमा चलचित्रको शुभमुहुर्त गरिएको छ। निकेश खड्काको निर्देशनमा बन्न लागेको यस चलचित्रको विरगञ्जमा छायांकन गरिने बताइएको छ। चलचित्रको छायांकनका लागि आजै यसको निर्माण टिम विरगञ्जतर्फ लागेको छ ।</p><p>चलचित्रमा प्रियंका र सौगात का साथै वुद्धि तामाङ, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।चलचित्रलाई अर्जुन कुमारले निर्माण गर्दैछन्। कमेडी जनरामा बनाउन लागिएको यस चलचित्र कात्तिक १७ गतेबाट प्रदर्शनमा ल्याउने बताइएको छ। </p><div><br></div>