तयार भयो झाँक्रीमाथि बनेको फिल्म (ट्रेलर सहित)

...

ramkumari movie

काठमाडौं । युवा नेत्री रामकुमारी झाँक्रीको संघर्षको जीवनमाथि बनेको फिल्म रामकुमारी को निर्माण कार्य पुरा भएको छ। निर्देशक दिपक रेग्मीले निर्देशन गरेको फिल्म झाँक्रीमा युवा नेत्री रामकुमारीको संघर्षको कथा समेटिएको छ । निर्देशक रेग्मीका अनुसार फिल्ममा सारिका घिमिरे रामकुमारीको भूमिकामा देखिएकी छिन् ।

फिल्ममा झाँक्रीका संघर्षको कथा भएता पनि फिल्मले उनको विचारको प्रतिनिधित्व भने नगर्ने निर्देशक रेग्मीले जनाएका छन् । झाँक्री संघर्षशिल महिला भएकाले उनको जिबनशैलिवाट प्रभावित भएको भएरै फिल्म निर्माण गरेको बताउँछन् । रेग्मीले फिल्म निर्माणको क्रममा झाँक्रीलाई दुई पटक मात्र भेटेका थिए । तर उनले रामकुमारीका बारेमा लगभग एक महिना रिसर्च गरेका थिए ।

ramkumari nepali film

रामकुमारी जन्मेको स्थान गुल्मी म्यालपोखरी पुगेका रेग्मीले उनको गाउँघर र उनले पढेको विद्यालयको वारेमा अनुसन्धान गरेका थिए । रामकुमारीलाई पढाउने शिक्षक भोज बहादुर कुँबरसाग कुराकानी गरेका रेग्मीले गाउँमा छँदा रामकुमारी कस्ती थिइन् भन्नेमा गाउँलेहरुसँग कुरा गरेका थिए ।

Trailer: