विरता जेसिजद्धारा धुर्मुस सुन्तली फाउण्डेशनलाई २० लाख सहयोग

...

<pre style="text-align: justify; "><b>जेठ, काठमाडौं । </b>&nbsp;</pre><p style="text-align: justify; ">धुर्मुस सुन्तली फाउण्डेशनलाई झापामा रहेको विरता जेसिजले २० लाख बरावरको सहयोग रकम प्रदान गरेको छ । बिरता जेसिसले गएका बैशाख ३ गते धुर्मुस सुन्तलीलाई उत्कृष्ठ नागरिक सम्मान गरेको थियो । उक्त कार्यक्रममानै १० लाख सहयोग दिने घोषणा गरेको थियो तर पछि सहयोगीहरुबाट सोचेको भन्दा बढी सहयोग संकलन भएकाले १९ लाख ८० हजार सहयोग फाउण्डेशनलाई दिएको जेसिजका अध्यक्ष सन्जु भारतीले जानकारी दिईन् ।&nbsp;</p><p style="text-align: justify; ">जेसिजले महिला एसोसिएसन, अल्टसट युकेबाट कल्पना चेम्जोङले दिएको १ लाख ५० हजार सहित उक्त सहयोग रकम संकलन भएको बताएको छ । विरता जेसिजले उत्कृष्ठ नागरिक सम्मान समारोह २०७३ का संयोजक बिनोद बस्नेतको अगुवाईमा उक्त सहयोग रकम १३ दिनमै संकलन भएको बताईएको छ । बैशाख ३ गते एक कार्यक्रमको आयोजना गदैं जेसिजले नागरिक सम्मान सहित धुर्मुस सुन्तली फाउण्डेशनलाई उक्त रकम हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा जिल्लाका बरिष्ठ ब्यत्तिहरु सहित वीरता जेसिजका अध्यक्ष सन्जु भारती, संयोजक बिनोद बस्नेत लगायतको उपस्थिती रहेको थियो ।&nbsp;</p><p style="text-align: justify; ">वीरता जेसिज १९८१ मा स्थापना भई निरन्तर सामाजिक कार्यमा संलग्न रहदैं आएको छ । जेसिजले २०५२ सालदेखी प्रत्येक बर्ष उत्कृष्ट नागरिक सम्मान गदै आईरहेको छ ।&nbsp;</p>