रंगपत्रकार शान्तिप्रियलाई चलचित्र पत्रकारिता सम्मान

...

<pre style="text-align: justify; "><b>जेठ, हेटौडा। </b></pre><p style="text-align: justify; ">आईतबार १८ औं चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघ, नेपालको मकवानपुर शाखाले केहि चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । मकवानपुर शाखाले चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष शान्तिप्रियलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट सम्मानित गर्यो भने पत्रकारिता पुरस्कारबाट कपिल खड्कालाई पुरस्कृत र कलाकारीता सम्मानबाट कलाकार भोलाराज सापकोटालाई सम्मानित गर्यो ।</p><p style="text-align: justify; ">शान्तिप्रियलाई नगद ११ हजार १ सय ११ राशी सहति सम्मानपत्रका साथ सम्मान गरिएको थियो । उनलाई शाखा अध्यक्ष मनिराज गौतम, प्रमुख अतिथि नरेन्द्र महर्जन र विशिष्ट अतिथि प्रदीप उदयले दोसल्ला र ढाकाटोपी लगाइदिँदै सम्मान गरे । त्यस्तै, पत्रकार खड्का र कलाकार सापकोटालाई नगद राशी ५ हजार सहित ताम्रपत्र, दोसल्ला र ढाकाटोपी मार्फत पुरस्कृत गरिएको थियो ।</p><p style="text-align: justify; ">आईतबार १८ औं पत्रकारिता दिवसको दिनमै चलचित्र पत्रकार संघ केन्द्रले पनि एक कार्यक्रमका बिच राजधानीमा बिभिन्न मिडियामा आवद्ध चलचित्र पत्रकारहरुलाई <a href="http://artistkhabar.com/other-news/4734" target="_blank"><font color="#0000ff">सम्मान तथा पुरस्कृ</font></a>त गरेको थियो ।</p>