लुकेको प्रतिभा खोज्दै नेपाल दर्शन आईडल, छिट्टै शुरु हुने

जेठ, काठमाडौं ।  लुकेको प्रतिभालाई खोज्ने र खोजेको प्रतिभालाई देखाउने मुख्य उद्देश्यका साथ नेपाल दर्शन आईडल सञ्चालन हुने भएको छ । निकट भविष्यमा  नै सन्चालनमा आउन लागेको नयाँ टेलिभिजन नेपालदर्शन टेलिभिजनको आयोजनामा सो आईडल हुने भएको हो । हामी तुरुन्तै यो कार्य शुरु गर्दैछौं । नेपालमा यस्ता प्रतिभा छन् जुन कुना-कुनामा लुकेका छन्, त्यस्ता प्रतिभालाई बाहिर ल्याउने हाम्रो लक्ष्य हो, टेलिभिजनका अध्यक्ष सुजन आचार्यले आर्टिस्ट खबरसँग भने ।

नेपाल दर्शन आईडलमा गायनमा रुचि भएका प्रतिभालाई ठाउँ दिइनेछ । गायनमा रुचि भएका जो कोहिले पनि यस आईडलमा भाग लिन सक्ने आचार्यले जानकारी दिए । आईडलको टिम देशका बिभिन्न ठाउँमा गएर अडिसन लिने छ जसबाट छानिएका प्रतिभाहरुलाई राजधानीमा पुनः अडिसनमा प्रतिस्पर्धा गराइनेछ । आईडल आयोजनाको बिषयमा अहिले जज्हरु कोको रहने भन्ने बिषयमा केहि दिनमै निर्णय हुने बताइएको छ । अडिसनका लागी हेटौडा, इटहरी, बिराटनगर, चितवन, बुटवल, पोखरा, नेपालगन्ज, बिर्तामोड, धरान, काठमाडौं लगायतका ठाउँहरुमा हुने जानकारी दिइएको छ ।

प्रतियोगीताबाट प्रथम हुनेलाई ५ लाख नगद सहित दुई लाख बराबारको म्युजीक भिडियोमा अभिनय गर्ने अवसरका साथै थाईल्याण्ड टुरको अवसर पाउनेछन् ।