के.आर.केको अनौठो अफर,ट्वीटरमा फलो गर्नेलाई ५ लाख दिने

...

<pre><b>जेठ, काठमाडौ।</b></pre><p>विभिन्न विवादित टिका टिप्पणीका कारण चर्चाका आइरहने बलिउड एक्टर तथा समिक्षक केआरके (कमाल राशिद खान) यतिवेला एउटा अनौठो अफर लिएर चर्चाका आएका छन्। &nbsp; केआरकेले ट्विटरमा उनलाई फलो गर्नेलाई ५ लाख दिने घोषणा गरेका छन्। सोमवार आफ्नो ट्विटरमा उनले &nbsp;जसले उनलाई ३१ मे सम्ममा फलो गर्छ उसको खातामा १ जुनमा ५ लाख रकम पठाइने छ भन्दै ट्वीट गरेका छन्।</p><p>ट्वीटरमा केआरकेको फलोअर्स ३९.५लाख छन्। तर उनको यो घोषणा पछि उनको यो आकडा तिव्र रुपले बढिरहेको छ। केआरकेले केवल उनलाई&nbsp;&nbsp;फलो गर्दैमा किन यति रकम दिँदै छन यसबारेमा भने उनले केही बताएका छैनन्।&nbsp;</p><p>केही समय अघि मात्रै मदर्स डेको अवसरमा उनले उनकी आमाले उनलाई विष खुवाएर मार्न चाहेको खुलासा गरेका थिए। उनी फिल्म आलोचकको रुपमा रहेका छन्। यसका साथै उनी आफ्नो ट्वीटका कारण निकैनै चर्चामा आइरहन्छन्। उनले फिल्म देशद्रोही बाट बलिउडमा डेब्यु गरेका थिए। यसका साथै फिल्म एक भिलेनमा पनि उनको छोटो रोल रहेको थियो।&nbsp;एजेन्सी</p>