विशेषतालाई ‘मिस प्लानेट’ र ‘मिस ट्यालेन्ट’को ताज

...

<pre><b>जेठ,काठमाडौ।</b></pre><p>बालबालिकाहरुको सौन्दर्य तथा प्रतिभा उजागर गर्नका लागि &nbsp;अन्तर्राष्ट्रिय रुपमा संचालन हुँदै आएको प्रतियोगिता लिटिल मिस एन्ड मास्टर वल्र्ड युनिभर्स २०१७ मा नेपालकी विशेषता बुढाथोकीले लिटिल मिस प्लानेट तथा लिटिल मिस ट्यालेन्ट विधाको अवार्ड हात पारेकी छिन्। टर्कीको बोड्रम सहरमा सम्पन्न यस प्रतियोगितामा विश्वका करिब तीन दर्जन मुलुकका बालबालिकाको सहभागिता थियो।&nbsp;</p><p>प्रतियोगितामा सहभागि हुनु पूर्व विशेषताले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता सम्बन्धी आधारभूत पक्ष तथा प्रस्तुतीकरणका विषयमा कोरियोग्राफर रोजिन शाक्य सँँग प्रशिक्षण लिएकी थिइन् । विशेषतालाई स्वजन रघुवंशीले ट्यालेन्ट राउन्डका लागि तयार पारेका थिए भने उनको पहिरन फेसन डिजाइनर &nbsp;उत्तम बनेपाली तथा जानकी श्रेष्ठले तयार गरेका थिए ।</p><p>बालुवाटार स्थितजोन डेवे स्कुलको कक्षा ५ अध्ययनरत छात्रा विशेषता नेपालको प्रतियोगिता अन्तर्गत मिडिया ल्यान्डको आयोजनामा सञ्चालन भएको जुनियर ब्याटल अन्तर्गतको लिटिल प्रिन्स एन्ड प्रिन्सेस २०१७ विधामा सेकेन्ड रनर्स अप भएकी थिईन्।&nbsp;</p>