तुल साम्सुहाङको ‘सुरुवात’ एल्बम सार्वजनिक

जेठ, काठमाडौं ।

बिगत चार बर्ष देखी अमेरिकामा बस्दैआएका युवा गायक तुल साम्सुहाङ राईले  ‘सुरुवात’ एल्बम बजारमा ल्याएका छन् । शुक्रबार वरिष्ठ संगीतकार गणेश रसिक, गायिका कुन्ति मोक्तान, कलाकार प्रकाश आङ्देम्बे तथा साहित्यकार उपेन्द्र सुब्बाले उक्त एल्बम संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । राईको यो पहिलो एल्बम हो ।

एल्बममा माया, दिन बित्छ पखाईमा, चञ्चले कान्छीको, लाखौं जुनी, जून मुस्काइ रहेछ, केवल तिम्रो तथा गोर्खे सलाम शीर्षकका सात वटा गीतहरु समावेश छन् । एल्बमका गीतमा बाबु बोगटी, किरण गजमेर, डम्बर नेपाली, प्रताप सुब्बा, गणेश सेन्चुरी, प्रवेश राई तथा टंक बुढाथोकीको संगीत निर्देश्ँन छ । यी गीतहरु सौरभ तिम्सिना, डम्बर नेपाली, प्रताप सुब्बा, नविन प्राचिन, विश्वास लामा तथा टंक बुढाथोकीको शब्द सुन्न सकिन्छ । एल्बमका गीतहरुमा बाबु प्रधान, मोहित मुनाल, अशोक लोहारुङ राई, सुजिल कर्माचार्य तथा टंक बुढाथोकीको संगीत संयोजन छ ।

कक्ष्ाँ ५ मा अध्ययनरत छ“दै संगीतपैति आकर्षित भएका गायक हुन् तुल साम्सुहाङ राई । पथरी, मोरंगका स्थायी वासिन्दा तुलले काठमाडौं आएर संगीतको औपचारिक प्रशिक्षण समेत लिए । त्यसपछि चार वर्षअघि उनी अमेरिका प्रस्थान गरे । अमेरिका रह“दा पनि उनले संगीत साधनालाई निरन्तरता दिइरहे । आज विमोचन गरिएको ‘सुरुवात’ का सबै गीतहरु अमेरिकामै रेकर्डिङ गरिएका हुन् । विमोचित एल्बमलाई तुलसी ईन्टरटेन्मेन्टले बजार व्यवस्थापन गरेको छ । विमोचन समारोहमा एल्बमको ‘माया…’ गीतको म्युजिक भिडियो पनि प्रिमियर गरिएको छ ।

उक्त अवसरमा गायक राईले हास्य अभिनेता शुलेमान शंकर ‘इकु’ द्वारा मुलपानीमा सञ्चालित स्नेह आश्रमका लागि नगद २५ हजार रुपैया“ हस्तान्तरण गरे । यसका साथै एल्बमको विक्रिबाट आएको रोयल्टीको ४० प्रतिशत रकम पनि उत्तः आश्रमलाई प्रदान गर्ने घोषणा गरे ।